शुक्रबार, असोज १, २०७८
गृहपृष्ठअर्थमेलम्ची खानेपानीको अध्ययन गर्न एडीबीको टोली आउने

मेलम्ची खानेपानीको अध्ययन गर्न एडीबीको टोली आउने


मेलम्ची । मेलम्ची खानेपानी आयोजनाको अध्ययन गर्र्नएसियाली विकास बैंक (एडीबी)को टोली आउने भएको छ । आयोजनाको माथिल्लो भू–भागको भौगर्भिक अध्ययन गर्न एसियाली विकास बैंकको विज्ञ टोली आउने भएको हो ।
टोलीले भ्रेमाथाङमा रहेको थेग्रिनी र त्यसले मेलम्चीमा पार्नसक्ने स्थितिको अध्ययन गर्नेछ ।
खानेपानी मन्त्रालयले उक्त भू–भाग जोखिमयुक्त रहेको भन्दै एडिबीलाई अध्ययन गरिदिन अनुरोध गरेको थियो ।
खानेपानी मन्त्रालयकाअनुसार एडिबीले पठाएको टिओआर स्वीकृत भएको पत्र पठाइसकिएको छ । एडिबीको टोली अध्ययन गर्न आउने बाटो खुलेको मन्त्रालयले जनाएको छ ।
हाल भ्रेमाथाङको भौगर्भिक अवस्थाबारे इसिमोडलगायत संस्थाले आ–आफ्नो हिसाबले अध्ययन गरिरहेका छन्। तर, खानेपानी मन्त्रालयले भने एडिबीबाटै अध्ययन गराउन खोजेको हो। एडिबी मेलम्चीको खानेपानी आयोजनाको विकास साझेदार संस्था पनि हो ।
मेलम्चीमाथिको भू–भागमा वर्षौंदेखि हिमपहिरोले ल्याएर थेग्रिनी जम्मा गरेको देखिएको छ। हाल त्यही थेग्रिनी बगेर मेलम्ची आयोजनालाई क्षति गरिरहेको छ।
मेलम्ची नदीमा बाढी आउँदा हेडवर्क्स, दुई वटा अस्थायी सुरुङ र मोटरेबल पुलमा क्षति पुगेको छ। सो क्षति पूर्ति गरी अस्थायी रुपमा खानेपानी काठमाडौं झार्न अढाइ अर्ब खर्च लाग्ने कार्ययोजना खानेपानी आयोजनाले मन्त्रालयमा पेश गरेको छ।
गत असार १ गते र त्यसपछि मेलम्ची नदीमा लगातार बाढी आइरहेको छ। सो बाढीमा माथिल्लो भागमा रहेको थेग्रिनी बगेर आइरहेको छ। त्यसले मेलम्ची खानेपानी आयोजनास्थललाई क्रमशः क्षति पु¥याइरहेको छ।


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!