शुक्रबार, असोज १, २०७८
गृहपृष्ठअर्थकुखुरा मार्न थाल्यो जंगली बँदेलले

कुखुरा मार्न थाल्यो जंगली बँदेलले


ठूलोसिरुवारी । चौतारा साँगाचोकगढी नगरपालिका साँगाचोक, ठूलोसिरुवारीमा जंगली बँदेललेकसखस।ा मार्न थालेको छ । जसकारण यहाँका गाउँवासी त्रसितसमेत बनेका छन् ।
सिन्धुपाल्चोकको डडुवामा वदेलले फार्ममा पालेको कुखुरानै मार्न थालेको हो । जिल्लाको चौतारा सांगाचोकगढी नगरपालिका १४ नम्बर वडाको झुलेटार थलामुनी रहेको सिमन एण्ड सिजन कृषि तथा पोल्ट्री फार्ममा गए राति वदेलले १ सय ८६ वटा कुखुरा मारेको थियो । झन्डै २ किलोका कुखुराहरु वदेलले मारेर मकै बारी, तरकारी बारी तथा जंगलमा यत्रतत्र फालेको अवस्थामा पाईएको संचालक अर्जुन अधिकारीले बताए ।
बँदेलले बस्ती छिरेर किन कुखुरा मार्न थालेको छ भन्नेबारे स्थानीय अनविज्ञ छन् । फार्ममा १ हजार १ सय कुखुरा रहेका थिए । गएराती वदेलको बथान आएर फार्मको गाह्रो खन्दै जाली फुटाएका अधिकारीले बताए ।
जंगलको बिचमा युवाहरुले स्वरोजगारको बाटो उपनाउदै यहाँ कुखुरा ब्यवसायमा लगानी गरेका हुन् । झुलेटार थलामुनी अहिले धुर्व अधिकारीले संचालन गरेको अधिकारी कृषि तथा पोल्टि फर्म र बलराम अधिकारीले संचालन गरेको एलएक्स कृषि तथा पोल्टि फार्म पनि रहेका छन् ।


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!