शुक्रबार, असोज १, २०७८
गृहपृष्ठअर्थमेलम्चीको पानी काठमाण्डौं नझर्ने, विकल्प खोज्न सुरु

मेलम्चीको पानी काठमाण्डौं नझर्ने, विकल्प खोज्न सुरु


मेलम्ची ।
गएको असार १ गते र त्यसपछिका बाढीले मेलम्ची आयोजनामा क्षति पु¥याएपछि मेलम्चीको पानी काठमाण्डौं झर्न कठिन देखिएको छ । बाढीले खानेपानी आयोजनालाई क्षतविक्षत बनाएकाले काठमाण्डौंवासीले देखेको मेलम्ची सपना तत्कालका लागि हटेको हो ।
मेलम्चीको पानी झर्ने अनिश्चित भएपछि यसको लागि उपयुक्त विकल्पको खोजीसमेत हुन थालेको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले यसको विकल्पबारे छलफल सुरु गरिसकेको छ । बाढीले यो आयोजनामा २ अर्ब बढीको क्षति गरेको छ । त्यसको मर्मतसम्भार गर्न निकै समय लाग्ने देखिएकाले तत्काल काठमाण्डौंबासीलाई पानी खुवाउन बैकल्पिक अध्ययन गर्न थालिएको हो ।
गत चैतमा मेलम्ची खानेपानी धाराधारामा आउन थालेपछि आपूर्ति व्यवस्थापनमा सहज भएको थियो । मेलम्चीको दैनिक १७ करोड लिटर पानी थप हुँदा केही समय उपत्यकाबासीले खानेपानीको सहजता महशुस गर्न पाएका थिए । तर बाढीले काठमाण्डौंमा झरिसकेको पानीलाई फेरि बाधा पु¥याएपछि अहिले अर्काे विकल्प खोज्नु परेको हो । आयोजना कहिले सम्पन्न हुने भन्नने निश्चित भएको छैन ।
केयूकेएलका अनुसार हिउँदको समयमा करिव ११ करोड लिटर दैनिक पानी वितरण गरेकोमा वर्षाका कारण १५ देखि १७ करोड लिटर खानेपानी दैनिक वितरण भइरहेको छ । तर खानेपानी मन्त्रालयको तथ्यांकअनुसार दैनिक करिव ४५ करोड लिटर खानेपानी आवश्यक पर्छ । मागअनुसार खानेपानी आपूर्ति व्यवस्थापन नहुँदा उपत्यकाबासीले वर्र्षौंदेखि खानेपानीको चरम अभाव झेल्दै आएका थिए ।
मेलम्ची नदीमा असार १ गते आएको बाढीले आयोजनालाई क्षतविक्षत बनाएको छ । मनसनु सुरुवात भएको साता दिन पनि नपुग्दै मेलम्ची खोलामा आएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा करिव २ अर्बको क्षति पुगेको छ ।
आयोजना अनिश्चित बनेसँगै खानेपानीको वैकल्पिक व्यवस्थापन जरुरी रहेको विज्ञहरुको सुझाव पछि केयूकेएलले विकल्पको अध्ययन सुरु गरेको जनाएको छ । केयुकेएलका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले मेलम्चीको पानी बन्द भएसँगै उपत्यकामा फेरि खानेपानीको अभाव सिर्जना भएको भन्दै वैकिल्पिक व्यवस्थापन जरुरी रहेको बताए । सिस्नेरी, कुलेखानीको ड्यामको पानी प्रयोग गर्न सकिने प्रार।म्भिक अध्ययनले देखाएके छ । त्रिशुलीको पानी लिफ्टिङ, बागमती, शिवपुरी कोड्कुको खानेपानी अर्को विकल्प हुन सक्ने के यूकेएलले जनाएको छ ।
। मेलम्ची खानेपानी आयोजनाको स्थायी बाँधमा पुगेको क्षति, आयोजनासम्म पुग्ने ८ किलोमिटर सडक भत्किँदा, ३ वटा हेर्डवक्स नजिकमा पुल, २ प्रवेशमार्गका पुल भत्किँदा, ढुंगा गिट्टी माटो तथा बालुवाले हेर्डवक्स नै पुरिएको र त्यसलाई सफा गर्न करिव २ अर्ब रुपैयाँ लागत लाग्ने पूर्वानुमान गरिएको छ ।
मेलम्ची खानेपानी विकास समितिका अनुसार, बाहिरी संरचना ढुंगा, गिट्टी, बालुवा र माटोले हेर्डवक्स पुरिए पनि ठूलो क्षति भने भएको छैन । बाढी कारण मेलम्ची नदीमा थुप्रिएका ढुंगा, गिट्टी, बालुवा सफा गर्न मात्रै ३५ करोड लागत लाग्ने समितिको अनुमान छ । समितिले करिव १ वर्ष आयोजना मर्मत गर्न समय लाग्ने बताए पनि अझै कति लागत लाग्ने र ठ्याक्कै समय कति लाग्ने भन्ने विषयमा विस्तृत अध्ययनको प्रतिवेदन भने आउन बाँकी रहेको बताएको छ ।
समतिका अनुसार, आयोजनासम्म जान जोडिएको करिव ८ किलोमिटर सडक मर्मत पनि समितिले नै गर्ने छ । ३० मिटर फराकिलो नदीमा बाढी आएपछि ६० मिटर फरकाकिलो बनेको आयोजनाले बताएको छ । भत्किएका ५ वटा पुल निर्माण गर्नुपर्ने आयोजनाको दायित्व थपिएको छ । नदीको क्षेत्रफल झण्डै आधा बढेपछि पुलको लम्बाई पनि बढेसँगै लागत थपिने छ । सबै प्रक्रिया सम्पन्न गर्नका लागि आयोजनालाई थप २ अर्ब लाग्ने भएको हो ।


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!