इन्द्रावती जलविद्युतको ड्यामसाइटमा पहिरो

तिपेनी ।
पाँचपोखरी थाङ्पाल गाउँपालिका–८ लाँगर्चेस्थित इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको ड्यामसाइटमा पहिरो गएको छ ।
गएराती करिब नौ बजेको समयमा ड्यामसाइट नजिकै आएको पहिरो आएको हो ।
पहिरोमा एउटा मोटरसाइकल पुरिएको छ । तर, मानवीय क्षति भने नभएको स्थानीयले जानकारी दिए । अहिले पनि पहिरो निरन्तर खसिरहेकाले जोखिम रहेको जलविद्युत् आयोजनाका प्रमुख मानोलक श्रेष्ठले बताए ।
निरन्तरको वर्षापछि आएको पहिरोले मेलम्ची भेताङग जोड्ने मोटरबाटोमा पनि क्षति पुगेको छ । यस क्षेत्रमा पैदल हिँडनसमेत अति डरमर्दो अवस्था रहेको बताए । असार १ र त्यसपछिका बाढीपहिराले यस सडकमा यातायातका साधन चलेका छैनन् । पहिरो ठूलो भएको, पुल बगाएको तथा जताततै सडक क्षति भएकाले मर्मतमा समस्या भएको गाउँपालिकाले जनाएको छ ।
क्याटेगोरी : अर्थ
तपाईको प्रतिक्रिया दिनुहोस