बुधबार, मंसीर २०, २०८०
गृहपृष्ठअर्थहिमालय सीमापारको नयाँ समितिको पदभार ग्रहण

हिमालय सीमापारको नयाँ समितिको पदभार ग्रहण


काठमाण्डौं । नेपाल हिमालय सीमापार बाणिज्य संघको २१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको छ । शुक्रबार होटल ह्यातमा भएको एक कार्यक्रममा सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका नयाँ कार्यसमितिलाई बधाईसमेत दिदैैं सीमापार बाणिज्य र्संघले आफ्नो पदभार ग्रहण गरेको हो ।
नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यतामा बाणिज्य संघको नयाँ कार्यसमतिले पदभार ग्रहण गरेको हो ।
बाणिज्य संघ नवनिर्वाचित अध्यक्ष अशोककुमार श्रेष्ठले पदभार ग्रहण गर्दै व्यवसायिक हकहित र सामाजिक कार्यमा सक्रिय रहने बताए । ‘कोभिडकालमा पनि संघले व्यवसायी मात्रै नभई जिल्लावासीका लागि आवश्यक राहत प्रदान गरेको थियो,’ उनी भन्छन्, ‘जिल्लामा विपद न्यूनीकरणका साथै विपदमा खोज उद्धार र राहत वितरणमामा हामीले हातेमालो गरेका छौं ।’
कार्यक्रममा प्रमुख अतिथि तथा उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष ढकालले हिमालय सीमापार र सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिदैं महासंघमा हिमालय सीमापार बाणिज्य संघ र सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको महत्वपूर्ण योगदान रहेको र तातोपानी नाका सुचारु एवं पुर्वाधार निर्माणको लागि महासंघको नेतृत्वमा सरकारसँग पहल गरिने बताए ।
सो अवसरमा सिन्धुपाल्चोक उद्योेग बाणिज्य संघका अध्यक्ष होमबहादुर बस्नेत (राजकुमार)सहित नवनिर्वाचित कार्यसमितिलाई सम्मानसमेत गरिएको थियो ।


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!