बुधबार, मंसीर २०, २०८०
गृहपृष्ठअर्थताङ्गु खोला पुलले पाँचपोखरी पुग्न सहज

ताङ्गु खोला पुलले पाँचपोखरी पुग्न सहज


मेलम्ची ।
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका ३ मा रहेको पवित्र धार्मिक तथा पर्यटकीय स्थल पाँचपोखरीसम्म पुग्न ताङ्गु खोला पुल निर्माणले सहज भएको छ । अति जोखिम तथा दुर्गम भूभागमा रहेको पाँचपोखरी जाने मार्गमा पर्नेे ताङ्गु खोलामा दर्शनार्थीका साथै स्थानीयलाई आउजाउगर्न पुल निर्माणले सहज बनाएको हो ।
ताङ्गु खोलामा ७८ मि. को झोलुङ्गे पुलको निर्माण गरि उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष टासी लामा र उपाध्यक्ष सुनिता अधिकारीले बिहीबार उद्घाटन गरे ।
पुल संघीय मामिला तथा क्षेत्रगत झोलुङ्गे पुल कार्यक्रम र गाउँपालिकाको आर्थिक सहयोग ,झोलुङ्गे पुल सहयोग ईकाइको जिन्सी, जनहीत ग्रामीण सेवा समितिको प्राविधिक सहयोगमा निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । सो पुल निर्माणका लागि २ प्रतिशत जनश्रमदानमा गरि ४४ लाखमा निमार्ण सम्पन्न भएको गाउँपालिकाका अध्इक्ष टासी लामाले जानकारी दिए ।
पाँचपोखरीसम्म् दर्शनार्थीलाई पुग्न सहज भएपनि यो वर्ष गाँउपालिकाले कोरोनाको कारण मेला भने यो बर्ष नगर्न आग्रह गरेको छ ।


क्याटेगोरी : अर्थ, समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!