सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको सल्लाहकार समिति गठन

बाह्रविसे । सिन्धुपाल्चोक उद्योग बाणिज्य संघले नयाँ कार्यसमितिको सल्लाहकार समिति गठन गरेको छ । संघका पूर्व अध्यक्ष कमलकुमार श्रेष्ठको सभापतित्वमा नयाँ सल्लाहकार समिति चयन गरेको हो ।
हिजो कार्यसमितिको भर्चूअल बैठकले श्रेष्ठको नेतृत्वमा नयाँ समिति गठन गरेको संघले जनाएको छ । संघका अध्यक्ष होमबहादुर बस्नेत (राजकुमार)को अध्यक्षतामा वैठक बसेको थियो ।
त्यस्तै, सल्लाहकार समितिको सह–सभापति बुद्धराज बस्नेत, यादव दाहाल र सचिवमा बिनोद थापा मनोनयन गरेको संघका अध्यक्ष बस्नेतले जानकारी दिए । सल्लाहकारमा मनोनित गरिएका सभापति, उपसभापति, सचिवलगायतसँग आगामी दिनमा उचित सल्लाह सूझाव हुने सिन्धुपाल्चोक उद्योग बाणिज्य संघले विश्वास लिएको छ ।
क्याटेगोरी : अर्थ
तपाईको प्रतिक्रिया दिनुहोस