आईतबार, असोज ३१, २०७८
गृहपृष्ठअर्थडेढ महिनामै भत्कियो पर्खाल र नाली (भिडियो खबर)

डेढ महिनामै भत्कियो पर्खाल र नाली (भिडियो खबर)


बलेफी । बलेफी गाउँपालिका वडा ७ खाडीचौरबाट चिम्लिङ जोड्ने सडकखण्डको मेसिनरी वाल र नाली डेढ महिनामै भत्किएको छ । ४० लाख बराबरको बजेटमा निर्माण गरिएको छिटै भत्किएपछि स्थानीयले विरोध जनाएका छन् ।
जिल्ला समन्वय समितिको पूर्वाधारअन्र्तगतको बजेटमा बलेफी गापा वडा ७ को उपभोक्ता समितिले निर्माण गरेको पर्खाल र त्रिवेणी कन्स्ट्रक्सन प्राइभेट लिमिटेड कम्पनीले बनाएको नाली बर्खालगत्तै स्थानपिच्छै चर्किदै भत्किन थालेको हो । शनिवार बलेफी गापा ७ का अगुवासहित स्थानीय जम्मा भएर चर्केको र भत्किएको नाली ,पर्खालको संरचनाअघि जम्मा हुँदै स्थानीय तहलाई ध्यानआर्कषण गराउदै विरोध जनाए । सडकको नाली भने खाडीचौरबाट चिम्लिङ जोड्ने ८ किमीमा कालोपत्रे गर्ने जिम्मा लिने त्रिवेणी कन्स्ट्रक्सन प्राइभेट लिमिटेड कम्पनीले बनाएको हो ।
यसअघि र पछि अनुगमनमा पुगेका एक प्राविधिककाअनुसार सिमेन्ट प्राविधिक डिजाइन र कमसल सामाग्रीकै प्रयोगकै कारण पर्खाल र नाली यस्तो भएको हो । उनकाअनुसार यसअघि नै नालीको ३० सेन्टमिटर अग्लो ‘टप वाल’ लगाउनुपर्नेमा २४ देखि २६ मात्रै लगाइएको थियो । बालुवा निर्माण सामाग्री,घोल कसमल प्रयोग भएकाले नाला र पर्खालको संरचना एकदमै कमजोर छ ।


क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!