आईतबार, असोज ३१, २०७८
गृहपृष्ठअर्थसाता दिन बाँकी हुँदै मध्यभोटेकोशीको शेयरमा पौने ३ गुणा बढीको आवेदन

साता दिन बाँकी हुँदै मध्यभोटेकोशीको शेयरमा पौने ३ गुणा बढीको आवेदन


काठमाण्डौं । सिन्धुपाल्चोकस्थित मध्यभोटेकोशी जलविद्युत आयोजनाको आइपिओ भर्ने म्याद एक साता बाँकी हुँदै आवश्यक भन्दा साढे तीन गुणाको निवेदन परेको छ । मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपीओमा सोमबारसम्म १ अर्ब ५७ करोड १ लाख २६ हजार रुपैयाँ बराबरको आवेदन पर्दा २ दशमलव ६१ प्रतिशत माग भन्दा बढी परेको हो ।
बिक्री प्रबन्धक ग्लोेबल आइएमई क्यापिटलका अनुसार ७५ हजार २६८ जनाले १ करोड ५७ लाख १ हजार २६४ कित्ताका लागि आवेदन दिएका हुन् । यो माग भन्दा २.६१ गुणा बढी भएको क्यापिटलले जनाएको छ ।
कम्पनीले साउन ५ गतेबाट सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावितका लागि कुल ६० लाख कित्ता आइपीओ निष्कासन गरेको हो । जसमध्ये ३०% ले हुने १८ लाख कित्ता सेयर भोटेकोशी गाउँपालिका वडा नम्बर १ र ५ (साविकको लिस्ती र मार्मिंग गाविस) र बाह्रबिसे नगरपालिका वडा नम्बर ५, ६, ७ र ८ (साविकको गाती, घुम्थाङ र मानेश्वरा गाविस) का स्थानीयलाई छुट्याईएको छ । यस्तै, ७०% ले हुन आउने ४२ लाख कित्ता सेयर सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रका स्थानीयवासीको लागि छुट्याइएको छ ।
यसमा साउन ३२ गतेसम्म सिन्धुपाल्चोक जिल्लामा ३६ वटा र काठमाडौं जिल्लामा ७ वटा संकलन केन्द्रबाट दरखास्त फारम भर्न र रकम बुझाउन सकिनेछ । साथै, आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट पनि सेयर भर्न सकिन्छ । यसको अलावा इ सेवा र आइएमई पेको अनलाइन पेमेन्ट गेटवे तथा ग्लोबल आइएमई क्यापिटलको वेबसाइटबाबट अनलाइन आवेदन दिन सकिने व्यवस्था छ । स्थानीयले न्यूनतम ५० कित्तादेखि अधिकतम ४०० कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!