शुक्रबार, असोज १, २०७८
गृहपृष्ठअर्थदलित समुदायको लगानीमा चौतारामा गार्मेन्ट उद्योग (भिडियो रिपोर्ट)

दलित समुदायको लगानीमा चौतारामा गार्मेन्ट उद्योग (भिडियो रिपोर्ट)


चौतारा ।
सत्तरी लाख रुपैयाँ भन्दा बढी लगानी गरेर सहकारीमार्फत सिन्धुपाल्चोकमै पहिलोपटक गार्मेन्ट उद्योग सञ्चालन गरिएको छ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ५ मा सञ्चालित यो गार्मेन्ट उद्योगको अर्काे महत्वपूर्ण पाटो यो–यहाँ आवद्ध सबै सदस्य दलित समुदायका हुन् । एक सय १५ सदस्य रहेको स्वाभिमानी बहुउद्धेश्य सहकारी संस्थाको अगुवाईमा सञ्चालित भएकै कारण सञ्चालन गर्ने युवाहरु अहिले सदरमुकाम चौतारा र आसपासमा उदाहरणीय र मार्गदर्शक बनेका छन् ।
भाडाको जग्गामा पूर्वाधार निर्माण गरिएको छ । गाउँमै काम पाएपछि बेरोजगार बस्न नपरेको उद्योगका व्यवस्थापक बादलराज नेपाली बताउँछन् ।
सिजनको समयमा यहाँ बीस जना भन्दा बढीले रोजगार पाउने गरेका छन् ।
यहाँ काठमाण्डौंबाट कच्चा पदार्थ ल्याई कपडा उत्पादन गर्ने गरिन्छ । रोल सादा कपडा ल्याई डिजाइन यही तयार हुन्छ । अहिले यहाँ टिसर्ट, पाइन्ट, ट्राउजरलगायत उत्पादन हुने गर्दछ । बजारीकरणको समस्या समाधान हुने हो भने उत्पादन जति पनि दिन सकिने गार्मेन्ट सञ्चालक समितिका संयोजक हरि विश्वकर्माको भनाई छ ।
दलित समुदाय आफै सहकारीमार्फत उद्यमी बन्न अग्रसर भएपछि उद्योगलाई थप व्यवसायिक बनाउन नगरपालिकाले सहयोग गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिकाले औजारहरु खरिद गर्नका लागि गत वर्षमा २० लाख उपलब्ध गराएको हो । नगरपालिकालाई आर्थिक अवस्थामा सुधार ल्याउनका लागि युवाहरु एकजुट भएर काम गर्न थालेपछि सहयोग गरिएको नगरपालिकाका प्रमुख अमानसिं तामाङले जानकारी दिए ।
नगरपालिकाको सँगै भवन निर्माणलगायतमा घरेलु तथा साना उद्योग समितिकोसमेत सहयोग रहेको गार्मेन्ट सञ्चालक समितिले जनाएको छ ।


क्याटेगोरी : अर्थ, समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!