बुधबार, असोज ६, २०७८
गृहपृष्ठअर्थअष्ट्रेलिया बस्ने नेपालीले गरे बाढी प्रभावितलाई सहयाेग

अष्ट्रेलिया बस्ने नेपालीले गरे बाढी प्रभावितलाई सहयाेग


सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ स्थायी घर भई हाल अस्ट्रेलियामा रहेका देवराज दुलालको सक्रियतामा सङ्कलित रकम प्रभावितहरूलाई हस्तान्तरण गरिएको छ ।

एनआरएनए अस्ट्रेलिया सिड्नी, भिजन फर मोटिभेसन असपाली ग्रुप तथा नेपालीहरूबाट २ लाख ७५ हजार सङ्कलन गरी पठाइएको वितरणमा सहजीकरण गर्नुहुने चूडामणि दुलालले जानकारी दिनुभयो ।

एनआरएनएबाट नगरको राहत कोषमा यसअघि नै जम्मा गरिएको ८५ हजार र आज ५० हजार गरी १ लाख ३५ हजार प्रदान गरिएको छ भने बजार व्यवस्थापन समितिलाई ५० हजार र रेडियो मेलम्चीलाई २० हजार प्रदान गरिएको छ ।

मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याललाई चूडामणि दुलाल र योगप्रसाद दुलालले सहयोग राशिको चेक हस्तान्तरण गर्नुभयो । प्रमुख अर्यालले सहयोगी सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले सहयोग ग्रहण गर्दै रेडियोप्रति सद्भाव राख्ने सबैप्रति आभार प्रकट गर्नुभयो ।बाँकी रकम घर पूर्ण क्षति भएकालाई प्रदान गरिने वितरण संयोजन गरिरहनुभएका चूडामणि दुलालले जानकारी दिनुभयो ।


क्याटेगोरी : अर्थ
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!