बुधबार, असोज ६, २०७८
गृहपृष्ठअर्थभाटेकाेशीकाे सेयर भर्ने म्याद थपियो, साउन ३२ सम्म भर्न सकिने

भाटेकाेशीकाे सेयर भर्ने म्याद थपियो, साउन ३२ सम्म भर्न सकिने


चाैतारा । मध्य भोटेकोशी जलविद्युत कम्पनीले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपिओमा आवेदन दिने म्याद थप भएको छ ।

आयोजना प्रभावितहरुले शेयर भर्न नपाएको गुनासो गरेपछि आयोजनाले म्याद थप गरेको हो ।

कम्पनीको आईपिओमा साउन १७ गतेसम्म आवेदन दिन सकिने ब्यबस्था गरिएको थियो । साउन १७ गतेसम्म पुरै शेयर बिक्रि नभएमा म्याद थप गर्न सकिने ब्यबस्था थियो । तर पुरै शेयर बिक्रि भएपछि पनि स्थानीयको मागलाई सम्बोधन गर्दै म्याद थप गरिएको आयोजनाले जनाएको छ ।
यस संगै अब आईपिओमा साउन ३२ गते सम्म आवेदन दिन सकिने छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!