बुधबार, असोज ६, २०७८
गृहपृष्ठअर्थलक्ष्यको बिन्दु चुम्दै सिन्धुपाल्चोकमा पुनर्निर्माण (भिडियोसहित)

लक्ष्यको बिन्दु चुम्दै सिन्धुपाल्चोकमा पुनर्निर्माण (भिडियोसहित)


चौतारा । सिन्धुपाल्चोकमा भूकम्पपछिको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । नीजि आवास, सरकारी कार्यालयका भवन, स्वास्थ्यका भवन, एकिकृत बस्तीलगायत निर्माणले लक्ष्यको बिन्दु चुम्नै लागेको हो ।
नेपाल पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन)का अनुसार ९८ प्रतिशतले दोस्रो किस्ता लिइसकेका छन् । इकाइका निमित्त आयोजना प्रमुख सन्तोष निरौलाले तेस्रो किस्ता पनि अब ६ प्रतिशतले मात्र लिन बाँकी रहेको बताए । जिल्लामा कुल ९१ हजार ७ लाभग्राही थिए ।
जिल्लामा १७ वटा सरकारी कार्यालयका भवन निर्माण सम्पन्न भइसकेको छ । त्यस्तै जिल्लामा २२ वटा नमूना एकिकृत बस्तीमध्ये चार वटा मात्र सम्पन्न हुन बाँकी उनको भनाई छ । सबै बस्तीमा सामुदायिक भवन, सडक, बत्तीलगायत पूर्वाधारको काम गरिएको उनको भनाई छ ।
जिल्लामा बन्ने ७ वटा पुरातात्विक सम्पदामा परेका गुम्बामध्ये ६ वटाको डिपीआर भईसकेको छ । त्यस्तै ३५ वटा स्वाथ्य निर्माणाधिन छ । केही सम्पन्न भइसकेको छ ।


क्याटेगोरी : अर्थ, सिन्धु खबर टिभी
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!