बुधबार, असोज ६, २०७८
गृहपृष्ठअर्थतीन करोड लगानीमा भैसी फार्म, दैनिक चार सय लिटर दुध उत्पादन

तीन करोड लगानीमा भैसी फार्म, दैनिक चार सय लिटर दुध उत्पादन


मेलम्ची ।
पछिल्लोसमय आफ्नै गाउँमा कृषि तथा पशुपालन गरेर स्वरोजगार बन्ने युवाहरुको संख्या बढ्दो छ । आफू बेरोजगारमुक्त हुने मात्रै नभई अरुलाई पनि रोजगार दिलाई आर्थिक उपार्जन गर्दै आत्मनिर्भर हुन युवाहरु कृषि तथा पशुपालन व्यवसायमा आकर्षित भएका हुन् ।
तीन करोड रुपैयाँ भन्दा बढी लगानी गरेर भैंसी फर्म स्थापना गरि दैनिक चार सय लिटरसम्म दुध उत्पादन गरेर गाउँमै रोजगारीको वातावरण सिर्जना गर्नृे सिन्धुपाल्चोकस्थित मेलम्ची नगरपालिकाका युवाहरु अहिले गाउँमा उदाहरणीय बनेका छन् ।
मेलम्ची नगरपालिका–१०, शिखरपुरका ७ जना कृषकहरुले आफ्नै चिस्यान केन्द्र सहितको भैँसी पालन शुरु गरेपछि उनीहरु अन्य युवाका मार्गसमेत भएका छन् ।
इन्द्रावती पशुपालन तथा कृषि फर्म मार्फत भैँसी पालन गर्न थालेका उनीहरुको फर्मबाट अहिले दैनिक तीन देखी चार सय लिटर दुध उत्पादन हुन्छ । उनीहरुले ६० वटासम्म भैँसी पालेका छन् ।
उनीहरुले मेलम्ची बजारमा सञ्चालनमा रहेको आफ्नै चिस्यान केन्द्र मार्फत आफ्नो उत्पादन बजार लगिरहेका छन् । तीन वर्ष खाडी मुलुकमा पसिना चुहाएर नेपाल फिरेका सहदेव नेपालसहितका युवाहरु मिलेर यो फर्म स्थापना गरेका हुन् । विदेशबाट फर्किएलगत्तै के नेपालमै रहेर के गर्ने भन्ने अन्यौलमा रहेका सहदेव आफन्त र परिवारको सल्लाहमा यो पेशामा लागेका हुन् सञ्चालक सहदेव नेपाल सुनाउँछन् ।


फर्मबाट दैनिक उत्पादन भएको दुधबाट ३० हजार भन्दा बढी आम्दानी भइरहेको छ । फर्ममा लगानी गर्ने सबै जना आफै स्वयम् कामदार हुन् । फर्ममा अहिले ९ जनाले प्रत्यक्ष रोजगारी समेत पाएका छन् । दुध बजार लानेदेखि चिस्यान केन्द्र समेतको हिसाब गर्दा अप्रत्यक्ष रोजगारी पनि त्यति नै संख्यामा हुन आउँछ । आफ्नै चिस्यान केन्द्र भएको कारण बजारको समेत समस्या नभएको र उत्पादनले उचित मुल्य समेत उनीहरुले पाएका छन् । सबै खर्च कटाएर मासिक पाँच देखि ५ लाख रुपैंया बचत हुने गरेको सञ्चालिका उषा दुलालले जानकारी दिइन् ।
फर्म सञ्चालनको लागि उनीहरुले एक सय रोपनी भन्दा धेरै जग्गा भाडामा लिएका छन् । भाडाको जग्गामा पुर्वाधार निर्माण गरिएको छ । भाडामा लिइएको जग्गामा गाई भैंसीका लागि घाँस लगाइएको छ । खेतबारीमा गएर घाँस काटेर ल्याउने, दानापानी गर्नेजस्ता कामबाटै उनीहरुले दैनिकी बित्ने गर्दछ । बस्तुको गोबर मल भने उनीहरुले नजिकैको अर्गानीक तरकारी फर्ममा बेच्ने गरेका छन् । फर्म सञ्चालनका लागि कृषि ज्ञान केन्द्र धुलिखेलबाट १५ लाख रुपैंया अनुदान पाएका उनीहरुलाई नगरपालिकाले भने प्राविधिक सहयोग समेत नगरेको गुनासो गर्दछन् । सरकारले कृषिमा नयाँ युवालाई आकर्षित गर्नको लागि विशेष सुविधा दिनुपर्ने सञ्चालक फणिन्द्र प्रसाद आचार्यको भनाई छ ।
यो फर्म सञ्चालन गरेयता दैनिक आधारभूत आवश्यकतामा आइपर्ने खर्च टार्न उनीहरुलाई अहिले मुस्किल छैन । मेलम्ची बजारमा राखिएको चिस्यान केन्द्रमा अन्य कृषक तथा कृषि समुहको समेत दुध संकलन गर्ने गरिएको छ । चिस्यान केन्द्रमा दैनिक दुइ हजार लिटरको हाराहारीमा दुध संकलन हुने गरेको चिस्यान केन्द्रका सञ्चालक भिम दुलालले बताए । अन्य डेरीमा दुध विक्रि गर्दा भन्दा आफ्नै चिस्यान केन्द्रमा संकलन गर्दा अरुलाई दिनुपर्ने नाफा समेत आफैलाई बस्ने गरेको चिस्यान केन्द्र सञ्चालक भीम दुलालले बताए ।
यसरी किसानले सञ्चालन गरेका कृषि फर्ममा स्थानीय सरकारको स्पष्ट आँखाले खासै हेर्न सकेको छैन । जसकारण युवाहरुको क्रेज रहेको कृषि तथा पशुपालन व्यवसायले अपेक्षित गति लिन सकेको छैन । तर, स्थानीय सरकार भने युवालक्षित कार्यक्रम रहेको र कृषि तथा पशुपालनलाई जोड दिइएको दावी गर्ने गरेको छ ।
यसरी पशुपालन गरेका युवाहरुका लागि सम्बन्धित निकायले सामान्य प्राविधिक सहयोग समेत नगर्दा किसानहरु मंहगो मुल्यमा निजी प्राविधिक खोज्न वाध्य छन् ।

 


क्याटेगोरी : अर्थ
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!