Techie IT
Saturday, July 31,2021 / शनिबार, साउन १६, २०७८
×
गृहपृष्ठअर्थतातोपानी भन्सारको राजस्व संकलन लक्ष्य भन्दा पाँच गुणा कम

तातोपानी भन्सारको राजस्व संकलन लक्ष्य भन्दा पाँच गुणा कम


तातोपानी । नेपाल चीन बीचको प्रमुख स्थलमार्ग तातोपानी भन्सारले यो वर्ष लक्ष्य भन्दा पाँच गुणा कम्ती राजस्व संकलन गरेको छ । आर्थिक वर्ष ०७७÷७८मा पाँच अर्ब ४७ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा त्यसको पाँच गुणा कमीले राजस्व उठेको हो ।

कार्यालयका अनुसार यो वर्ष एक अर्ब दुई करोड रुपैयाँ मात्रै राजस्व संकलन भयो । बाढी, पहिरो, कोरोनालगायतका कारण लक्ष्य भेट्न नसकेको कार्यालयका सूचना अधिकारी रामचन्द्र अधिकारीले जानकारी दिए । नाका राम्रोसँग चार महिना मात्रै राजस्व संकलन गर्ने गरि सञ्चालन भएको थियो ।
आर्थिक वर्षको सुरुआतमै मितेरी पुलमा क्षति पुगि मर्मतका लागि लामो समय लागेको थियो । लगत्तै कोरोना भाइरस संक्रमण फैलिएका कारण राजस्व संकलनमा समस्या आएको अधिकारीले जानकारी दिए ।

यो नाकाबाट तयारी कपडा, इलेक्टोनिक्स सामान, स्याउ, लसुनलगायत सामग्री भित्रिने गरेको थियो । २०७२को भूकम्पबाट नाका सञ्चालन अस्थिर रहेको छ । भूकम्पपछि भोटेकोशी बाढी, बेला बेलामा गइरहने पहिरोले सडक विक्षत गर्दा नाका सञ्चालन हुन सकेको थिएन ।
यो नाकाबाट भूकम्पअघि दैनिक डेढ करोड रुपैयाँसम्म राजस्व संकलन हुँदै आएको थियो ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!