आईतबार, असोज ३१, २०७८
गृहपृष्ठअर्थकर्जा सुरक्षामा याेगदान दिएवापत शिवश्री हाईड्राेपावर सम्मानित

कर्जा सुरक्षामा याेगदान दिएवापत शिवश्री हाईड्राेपावर सम्मानित


काठमाडौ । कर्जा सुरक्षा तथा देशकाे आर्थिक विकासमा टेवा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेकाले शिव श्री हाईड्राेपावर लिमिटेड सम्मानित भएकाे छ । भाेटेकाेशी गाउँपालिकाकाे चाकु खाेलामा २२.२ मेगावाट क्षमताकाे जलविद्युत आयाेजना निर्माण गरि कर्जा सुरक्षामा याेगदान दिएकाले सम्मान गरिएकाे हाे ।
बिद्युत विकास विभागले आफ्नाे २८ आै बार्षिकाेत्सवकाे अवसरमा हाईड्राेपावरलाई सम्मान गरेकाे हाे । उर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री पम्फा भुसालले हाईड्राेपावरका निर्देशक उमेश कसजूलाई सम्मान पत्र प्रदान गरिन् ।
हाईड्राेपावरले माथिल्लाे चाकु ए जलविद्युत आयाेजना निर्माण गरि एकिकृत राष्ट्रिय बिद्युत प्रशारण प्रणालीमा आवद्द गराएकाे थियाे ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!