Techie IT
Saturday, July 31,2021 / शनिबार, साउन १६, २०७८
×
गृहपृष्ठअर्थभोटेकोशीको बजेट ५३ करोड १३ लाख, मेलम्ची र हेलम्बु बाढीपीडितलाई ५ लाख सहयोग

भोटेकोशीको बजेट ५३ करोड १३ लाख, मेलम्ची र हेलम्बु बाढीपीडितलाई ५ लाख सहयोग


बाह्रबिसे । भोटेकोशी गाउँपालिकाले ५३ करोड बढीको बजेट ल्याएको छ ।

आज भएको आठौं गाउँसभामा उपाध्यक्ष दावुटी शेर्पाले ५३ करोड १३ लाख ३५ हजार रुपैँयाको बजेट प्रस्तुत गरेकी हुन् ।

चालु तर्फ रु २८ करोड ३९ लाख ८१ हजार ५ सय रुपैया, पूँजीगत तर्फ रु २२ करोड ६० लाख ५९ हजार ५ सय रुपैया जम्मा रु ५१ करोड ४१ हजार रुपैया रकम विनियोजित गरिएको छ ।

त्यसैगरी गाउँपालिकाबाट विभाजन हुने ३१ करोड ४५ लाख २३ हजार मध्ये पूर्वाधार तर्फ १५ करोड २६ लाख १४ हजार ५ सय रुपैया, आर्थिक विकास तर्फ १ करोड ७३ लाख ८० हजार रुपैया, सामाजिक विकास तर्फ ५ करोड ७० लाख ९९ हजार ५ सय रुपैया, वातावरण तथा विपद् व्यवस्थापन तर्फ ९२ लाख रुपैया, संस्थागत विकास, सेवा प्रवाह तथा सुशासन तर्फ १ करोड २ लाख रुपैया, प्रशासनिक खर्च तर्फ ६ करोड ८० लाख २९ हजार रुपैँया रकम विषयगत क्षेत्र तर्फ विभाजन बिनियोजन गरिएको छ ।

अध्यक्ष रोजगार कार्यक्रममा ५० लाख रुपैयाँ बिनियोजन गरिएको छ । साथै मेलम्ची र हेलम्वूका बाढि पीडितका लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने प्रस्ताव गरिएको छ ।

जसमा हेलम्वूका लागि ३ र मेलम्चीका लागि २ लाख रुपैयाँ रहेको छ । साथै गाउँपालिकाका कर्मचारीहरुबाट पनि बाढी पीडितका लागि रू १ लाख ४० हजार रुपैयाँ प्रदान गर्ने निर्णय भएको छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!