Techie IT
Saturday, July 31,2021 / शनिबार, साउन १६, २०७८
×
गृहपृष्ठअर्थबाढीले एतिहासिक चनौटे बजार बगर बन्यो

बाढीले एतिहासिक चनौटे बजार बगर बन्यो


चनौटे । एतिहासिक चनौटे बजार बाढीले बगाएपछि हेलम्बु बासीमा किनमेल गर्न समस्या भएको छ।

गत असार १ गते मेलम्ची खोलामा आएको बाढीले हेलम्बु गाउँपालिकाको केन्द्र बनेको चनौटे बजार बगर बनेपछि बर्षा याममा रासन जोहो गर्न स्थानीयलाई समस्या भएको हो।

हेलम्बु गाउँपलिकाको केन्द्रबिन्दु बनेको चनौटे बजार एक ब्यापारिक केन्द्र हो। स्थानीय भन्छन्, हाम्रो नजिकको बजार त्यसमा पनि होलसेल् बजार थियोे । यहा नपाइने केहि थिएन । तर बाढीले बगाएपछि अब बजारको समस्या छ।

चनौटे बजारमा बर्षायाम सुरु भएसगै खेती किसानले रासन जोहो गर्नेको भिड लाग्थ्यो । याहाका ब्यपारीले बर्षा सुरु भएसगै स्थानीयको सहजताको लागि करोडौंको माल सामान स्टोर गर्ने गरेका थिए।

मेलम्ची घ्याङ देखि तालामारङ सम्मका स्थानीयको केन्द्र बनेको चनौटे बजार यो भेगका किसानलाइ बर्खा याममा सहज हुने गरेको थियोे । तर बाढीको बितन्डाले पुर्‍याएको क्षतिले अहिले हेलम्बु गाउबस्तिका किसानमा समस्या आइपरेको छ।

६५ बर्ष अघि बजारको नमुना बनेको चनौटे बजार स्थानीयको लागि होलसेल बजार बनेको थियोे ।

स्थानीयलाइ जतिबेला जुन सामान चाहिएपनि बजार आइहाल्ने र लानृ गर्दथे तर आज त्यो अबस्थामा बजार रहेन दोबाटो, चौबाटोमा पर्ने चनौटे बजार क्षति भएपछि स्थानीयमा समस्या आएको स्थानीय रमेश राज भणडारी बताउँछन् ।

चनौटे बजार बगाएपछि हामीलाई समस्या छ । यो बजार बाढीले बगाएपछि किनेर खाने अबस्था छैन बजारको समस्याले हेलम्बु बासीमा अर्को समस्या थपिएको स्थानीय शरण ज्योतिले बताए ।

बाहिरबाट आएर चनौटेमा किराना ब्यापार गर्दै आएको प्रेम बरुवाल भन्छन्, बजार बग्यो बाढीले सबै खाद्यान्न बगायो ब्यापारी केन्द्र बनेको चनौटे बजार बगर बनेपछि उनले सुनाए मेरो भएको सबै बगायो अहिले यहाका स्थानीयलाइ किनेर खाने सामान नपाउँदा समस्या छ।

तस्वीरः निरोज चौलागाई

काठमाडौंमा ग्रील कारखाना चलाएका इन्द्र ज्योति राजधानी छोडेर चनौटे बजार बस्न आए । आफ्नो ठाउँमा व्यावसाय गर्ने उद्देश्यले आएका इन्द्र चनौटे आएको केहि बर्षमा आफ्नो कारखाना बगाएको सुनाउँछन् ।

हाम्रो यो ठाँउमा होलसेल बजार समेत थियोे बाढीले बगाएपछि अहिले यहाँका स्थानीयलाइ समस्या भएको उनी बताउछ्न।

स्थानीय यमुना कार्कि आफ्नो घर देखाउदै भन्छिन्, यो ठाउमा हेलम्बुको सबै आउने बजार हो अहिले बाढीले बगायो यो ठाउँलाइ सुरक्षा गर्ने कोहि भएन ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!