आईतबार, असोज ३१, २०७८
गृहपृष्ठअर्थलामाेसाँघुमा सिन्धु बिकास बैंककाे शाखा विस्तार

लामाेसाँघुमा सिन्धु बिकास बैंककाे शाखा विस्तार


लामाेसाँघु । बाह्रबिसेमा प्रधान कार्यालय रहेकाे सिन्धु विकास बैंकले लामाेसाँघुमा शाखा विस्तार गरेकाे छ ।   शुक्रबार बैंकको लामोसाँघुमा २४ औं शाखा स्थापना गरिएकाे हाे।

बैंकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत रमेश प्रसाद जोशी, नायब प्रमुख कार्यकारी अधिकृत राम कुमार गिरी, पूर्व सिइओ संजीव प्रधान, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका महासचिव शम्भु बहादुर तिमल्सिना लगायतका उपस्थितिमा लामोसाँघुमा शाखा उद्घाटन गरिएको छ । उद्घाटनसँगै शुक्रबारबाट सो शाखाले बैकिङ कारोबार शुरु गरेको छ ।

बैंकको देशभर २४ शाखा र दुई सिमित बैंकिङ इकाई कार्यालय छ ।

बलेफी गाउँपालिकाको लामोसाँघु, टोप्का, डया्मसाईड, त्रिपुरासुन्दरी गाउँपालिकाको टेकानपुर, सुनकोशी गाउँपालिकाको पाङ्ग्रेटार  लगायत ठाउँका हजारौं नागरिकलाई लामोसाँघु शाखाले सेवा पु-याउने सो बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश प्रसाद जोशीले बताए ।

२०७७ भदौं २४ गते सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको पहलमा सिन्धु बिकास बैंक स्थापना भएको थियो । सो बैंकको अहिले सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, मकानपुर, चितवनमा गरी २४ वटा शाखा र दुई सिमित बैंकिङ इकाई कार्यालय रहेको छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!