Techie IT
Saturday, July 31,2021 / शनिबार, साउन १६, २०७८
×
गृहपृष्ठअर्थइन्द्रावतीको नीति : स्थानीयबाटै समृद्धि, गाउँमै रोजगार

इन्द्रावतीको नीति : स्थानीयबाटै समृद्धि, गाउँमै रोजगार


नवलपुर । इन्द्रावती गाउँपालिकाले आर्थिक वर्ष २०७८÷७९ का लागि समृद्ध इन्द्रावतीका लागि स्थानीयवासीबाटै सम्भव हुने नीति ल्याएको छ । गाउँमै रोजगारीको वातावरण सिर्जना गर्दै कृषि, पर्यटन तथा पू्रर्वाधार विकासबाट स्थानीयवासी आत्मनिर्भर हुने नीति तथा कार्यक्रम ल्याएको हो ।
बिहीबार गाउँपालिका अध्यक्ष बंशलाल तामाङले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आगामी वर्ष हुने कार्यक्रम तथा योजनाबाट गाउँवासी लाभान्वित भई आर्थिक उपार्जनसमेत गर्न सकिने उल्लेख छ । इन्द्रावतीले आगामी आर्थिक वर्षको नीतिमा समृद्ध गाउँका लागि शिक्षा, कृषि, स्वास्थ्य, पर्यटन, पूर्वाधार, उद्योग तथा व्यवसायको प्रर्वद्धन तथा आर्थिक विकासमा जोड दिएको हो ।
इन्द्रावतीले नागरिकको खाद्य अधिकार सुरक्षित गर्दै गरिबीको अन्त्य गर्न केषि उत्पादनमा विशेष नीति ल्याएको छ । एक गाउँ एक उत्पादन, एक वडा एक विशिष्ट कृषि उपज उत्पादन गर्ने योजना इन्द्रावतीले ल्याएको हो । युवालाई कृषि क्षेत्रमा आकर्षित गर्न इन्द्रावतीले पाँच लाख सम्मको लागतमा पचास प्रतिशत अनुदानको व्यवस्था गरेको छ ।
व्यवसायिक दुध उत्पादन गर्ने किसानका लागि प्रति लिटर दुई रुपैयाँ प्रोत्साहन स्वरुप प्रदान गरिने नीति इन्द्रावतीको रहेको छ ।
उच्च आर्थिक बृद्धि र रोजगारीको सम्भावना बोेकेको पर्यटन क्षेत्रको विकासका लागि गाउँपालिकाभर रहेका पर्यटकीय ऐतिहासिक स्थानहरुको विकास र संरक्षण गरि पर्यटक बृद्धितर्फ इन्द्रावतीले नीति बनाएको छ । पर्यटकीयस्थलहरुको प्रचारप्रसार गरि गाउँमा पर्यटक भित्र्याई गाउँवासीको आयआर्जनमा सुधारल्याउने नीति इन्द्रावतीले ल्याएको हो ।
स्थानीय सहकारी नीतिलाई कार्यान्वयनमा ल्याई एक टोल एक सहकारी, घर घरमा रोजगारीको नीतिलाई स्थानीयवासीले प्रशंसा मानेका छन् ।
गाउँपालिकाका सबै विद्यालय उमेरसमूहका बालबालिकालाई विद्यालयमा पठाउने नीति अनुसार महत्वकांक्षी नीति छोरा छोरी विद्यालयमा बाबुआमा व्यवसायमा पनि इन्द्रावतीको योजना हो । युवावर्गलाई विकास निर्माण, बाबुआमालाई व्यवसायमा प्रवद्र्धन गर्ने योजना नीतिमा समावेश छ । यो योजनाले महिला पुरुष बराबरी घरायसी काममा साझेदारी अभियानलाईसमेत जोड्ने लक्ष्य अनुरुप गाउँपालिकाले नीति निर्माण गरेको हो ।
गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चितता गर्नका लागि स्वास्थ्य बिमा कार्यक्रम, प्रसुती सेवा लिनेलाई प्रोत्साहन, स्वास्थ्य स्वयमसेविकालाई थप यातायात खर्च, थप एम्बुलेन्स, विद्यालयमा खोपको व्यवस्थासमेत इन्द्रावतीको नीति रहेको छ । बालबालिका, ज्येष्ठ नागरिकलाई लक्षित गरि घरमै उपचारको व्यवस्था र गाउँपालिकाबाहिर उपचारका लागि जानु परे ५० प्रतिशत छुटमा एम्बुलेन्स उपलब्धसमेत इन्द्रावतीले गराउनेछ ।
एक घर एक धाराको नीतिबाट गाउँपालिकाका सबैलाई खानेपानीको प्रवन्ध मिलाउने, सूचना तथा सञ्चार र सडक सबैको पहुँचमा पुग्ने नीति इन्द्रँवतीले सार्वजनिक गरेको हो ।


क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!