Techie IT
Saturday, July 31,2021 / शनिबार, साउन १६, २०७८
×
गृहपृष्ठअर्थमेलम्ची आयोजनाको पानी अनिश्चित

मेलम्ची आयोजनाको पानी अनिश्चित


मेलम्ची  ।   मेलम्ची नदीमा आएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनासम्म पुग्ने चारवटा मोटरेबल पुल बगाएको छ । पुल बगाएसँगै आयोजनामा बाढीका कारण पु-याएको क्षतिको अध्ययन र मर्मत गर्न ढिलाइ हुने मेलम्ची खानेपानी आयोजनाले बताएको छ ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा रहेको मेलम्ची आयोजनाको बाँध, सुरुङ, सडक, मोटरेबल पुल तथा मुहानको संरचना गत मंगलबारको बाढीपहिरोले क्षतविक्षत पारेको छ । आयोजनाका प्रवक्ता एवं डिभिजनल इन्जिनियर राजेन्द्र पन्तले आयोजनामा बाढीले पु-याएको क्षतिसम्बन्धी अध्ययन र मर्मतको काममा ढिलाइ हुने बताए । “मेलम्ची बजारदेखि हेडवक्र्ससम्म पुग्ने पुल बाढीले बगाएको छ, ती चारमध्ये एउटा अम्बाथानको पुल हो,” उनले भने, “सडक विभाग, नेपाली सेनाले पुल तथा सडक मर्मतको काम तत्काल गरिदिए सजिलो हुन्थ्यो, हामीले अनुरोध पनि गरेका छौं ।-
चारवटा पुल स्थायी वा अस्थायी बनाउनेबारे नेपाली सेना र सडक विभागसँग आवश्यक समन्वय भइरहेको पन्तले बताए । पन्तले सुरुङ परीक्षणको काम भने नरोकिने जानकारी गराए । गत असार १ गतेदेखि मेलम्ची खानेपानी आयोजनाको सुरुङको पानी खाली गर्न थालिएको छ । “अहिले सुन्दरीजल र सिन्धुबीचको पानी निकाल्ने काम भइरहेको छ । त्यसपछि ग्याल्थुङ र अम्बाथानको सुरुङ खाली गराइने तयारी गरेका छौं,” उनले भने ।
उनका अनुसार सडक तथा भत्किएका पुल बनाउन कति समय लाग्ने निश्चित नभएकाले मेलम्ची आयोजनाको पनि मर्मत गर्ने समय र लागत एकिन छैन ।
सुरुङमार्ग मर्मतका लागि पानी निकालेर सुरुङ खाली गर्न सुरु भएकै दिन आयोजनामा बाढीपहिरोले क्षति पु-याएको थियो । हाल मेलम्ची आयोजनाको पानी पुनः वितरण प्रक्रिया सुरु हुने समय पनि अनिश्चित बनेको छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!