शुक्रबार, कात्तिक ५, २०७८
गृहपृष्ठअर्थबाढीपीडितका लागि जुट्दै सहयोग (कस कसले गरे हालसम्म?)

बाढीपीडितका लागि जुट्दै सहयोग (कस कसले गरे हालसम्म?)


मेलम्ची ।
सिन्धुपाल्चोकको उत्तरपश्चिम गाउँ हेलम्बु र भोताङको शीरबाट बगेका दुई छुट्टाछुट्टै नदिबाट आएको बाढीले विस्थापित भएकाहरुका लागि राहत जुट्ने क्रम तीब्र छ । विस्थापित र पीडितका लागि एकद्धार नीतिमार्फत राहत संकलन भएको हो ।
जिल्ला विपद व्यवस्थापन समितिका सयोजक एव प्रमुख जिल्ला अधिकारी अरुणप्रसाद पाेखरेलले  एकद्धार नीति भएपनि आवश्यकता अनुसार स्थानीय विपद व्यवस्थापन समितिलाई पनि राहत हस्तान्तरण गर्न सकिनेछ । तर, यदि जिल्ला विपद व्यवस्थापन समिति र स्थानीय विपद व्यवस्थापन समितिलाई खबर नदिई राहत सामग्री आफूखुशी बाँडेमा ऐन अनुसार कारवाही हुनेछ ।

मेलम्ची बाढी पीडितका लागि हालसम्म सामग्री सहयोग गर्नेहरु ः

कोइराला फाउण्डेसन, काठमाण्डौं
सिल्क टान्सपोर्ट
जस्मिन पेन्टस
सिएसआरसी, केयर नेपाल राष्टिय नेपाल
मानवताका लगि मानव सहयोगी केन्द्र
नेपाल राष्टिय घेदुङ, सक्षम स्मृति प्रतिष्ठान
हाम्रो टीम नेपाल
रवि लामिछाने फाउण्डेसन
नेपाल रेडक्रस सोसाइटी
नमोबुद्ध नगरपालिका, काभ्रे
नेपाल स्काउट
शशीकुमार महत
दामोदर अर्याल र निकेश बस्नेत, काठमाण्डौं
नेपाल खेलकुद महासंघ
स्टोरिज अफ नेपाल
सिन्धु उत्थान केन्द्र
शंकरापुर नगरपालिकाका बासिन्दा
बर्गर हाउस काठमाण्डौं
बी एण्ड एस बनेपा
अनन्त क्षमता केन्द्र
लायन्स क्लब अफ काठमाण्डौं

यी सगंै नगद सहयोग गर्नेहरु पनि छन् । सहयोगी हातहरु बढ्दो क्रममा छ ।
यो बाढीले बगाउँदा तीन विदेशीको मृत्यु भएको छ । हेलम्बुबाट बग्ने मेलम्ची खोला र भोताङबाट बग्ने इन्द्रावती खोलामा आएको बाढीले बगाउँदा दुई चिनियाँ र एक भारतीय नागरिकको मृत्यु भएको पुष्टि भएको हो । बाढीले बगाएका १३ जना अझै बेपत्ता छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार मृत्यु हुनेमा भारतीय नागरिक कमल लोचन महत्तो, चिनियाँ नागरिक यु चि झु र गोड टियान छियो रहेका छन् ।
मेलम्ची खोलामा आएको बाढीम परेर २० जना वेपत्ता भएको प्रारम्भिक तथ्याक थियो । पछि चार जना सम्पर्कमा आएका थिए । हाल १३ जना बेपत्ता भएको जिल्ला विपद व्यवस्थापन समितिका सयोजक एव प्रमुख जिल्ला अधिकारी अरुणप्रसाद पाेखरेलले जानकारी दिए ।
बाढीमा फसेका ७४ जनाको नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरेको छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!