Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठअर्थस्वास्थ्यमन्त्री तामाङको सम्पतिः सिन्धुपाल्चोकलगायत १४ स्थानमा जग्गा, २२ तोला सुन

स्वास्थ्यमन्त्री तामाङको सम्पतिः सिन्धुपाल्चोकलगायत १४ स्थानमा जग्गा, २२ तोला सुन


चौतारा । स्वास्थ्यमन्त्री शेरबहादुर तामाङको काठमाडौं, सिन्धुपाल्चोक, मोरङ र खोटाङमा गरी १४ ठाउँमा २० रोपनी भन्दा बढी जग्गा रहेको पाइएको छ ।

मन्त्री तामाङले बुझाएको सम्पति विवरणमा तामाङको नाममा सिन्धुपाल्चोक र काठमाडौंका चार ठाउँमा र श्रीमती उषाकला राईको नाममा ११ ठाउँमा जग्गा रहेको छ ।

तामाङको नाममा रहेको काठमाडौं र सिन्धुपाल्चोकको जग्गाको स्रोत अंश र पुख्र्यौली भनिएको छ भने राईको खोटाङमा रहेको जग्गाको स्रोत पुख्र्यौली भनिएको छ । बाँकी ठाउँको जग्गा प्राप्तिको स्रोत खुलाइएको छैन् ।

यस्तै स्वास्थ्यमन्त्री तामाङले बुझाएको सम्पति विवरणमा २२ तोला सुन रहेको छ । यो सुन पुख्र्यौली र केही खरिद रहेको तामाङले बुझाएको विवरणमा उल्लेख छ ।

यस्तै तीनवटा बैकमा रहेको खातामा तामाङ र श्रीमती राईको ३ लाख २७ हजार ३५० रुपैयाँ नगर रहेको छ । यस्तै कम्पनीको शेयर, ऋणको विवरणसमेत तामाङको नाममा छ ।

त्यस्तै सवारी साधनमा एउटा मोटरसाइकल र एउटा कार रहेको छ । अन्य विवरणमा तीन थान ल्यापट र तीन वटा मोबाइल रहेको छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!