Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठअर्थपाँचपोखरीमा कांग्रेसले गर्यो साढे तीन लाख बराबरको स्वास्थ्य सामग्री सहयोग

पाँचपोखरीमा कांग्रेसले गर्यो साढे तीन लाख बराबरको स्वास्थ्य सामग्री सहयोग


मेलम्ची । नेपाली कांग्रेसले पाँचपोखरी गाउँपालिकाको आठ वटै वडामा स्वास्थ्य सामग्री वितरण गरेको छ ।

सिन्धुपाल्चोकका पूर्व कोषाध्यक्ष देवेन्द्र खत्री र गाउँपालिकाका संयोजक उतर ध्वज खत्रीको सहयोगमा साढे तीन लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको कांग्रेस केन्द्रीय प्रचार विभागका सदस्य सागर श्रेष्ठले जानकारी दिए ।

स्वास्थ्य संस्थाका लागि फोल्डिङ बेड १० थान, अक्सिजन सिलिण्डर भरेको रेगुलेटरसहित १० थान मास्क १० हजार पिस, स्यानिटाइजरलगायत स्वास्थ्य सामग्री वितरण गरेको हो ।

अक्सिजन अभावले सयौं कोरोना संक्रमितले ज्यान गुमाइरहेको समयमा यो सहयोगले केही राहत पुग्ने श्रेष्ठले बताए ।


क्याटेगोरी : अर्थ
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!