Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठअर्थचीनकाे न्यालामबाट भाेटेकाेशीलाई स्वास्थ्य सामग्री सहयोग

चीनकाे न्यालामबाट भाेटेकाेशीलाई स्वास्थ्य सामग्री सहयोग


ताताेपानी । सिन्धुपाल्चोककाे भाेटेकाेशी गाउँपालिकाकाे पहलमा चीनकाे न्यमलाम जिल्लाले सिन्धुपाल्चोकका लागि स्वास्थ्य सामग्री पठाएकाे छ । गाउँपालिकाकाे पहलमा कोभिड-१९ को रोकथाम तथा न्युनिकरणका लागि सर्जिकल मास्क, N95 मास्क, पिपिइ सेट, आई प्रोटेक्टिभ गूगल्स, डिस्पोजेबल ग्लोभ्स, हान्ड सेनिटाइजर लगायतका सामाग्रीहरु प्राप्त भएको हाे ।
अहिलेको समयमा यस्तो प्रकारको सहयोग गर्नु भएकोमा भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पाैडेलले सहयोगीलाई विशेष धन्यवाद दिए । सीमा क्षेत्रमा गरिएकाे याे सहयाेग अबका दिनमा पनि हुनु पर्ने उनकाे प्रतिक्रया थियाे ।


क्याटेगोरी : अर्थ
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!