Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठअर्थकाेराेनाकाे नाममा जथाभावी पैसा नउठाउन प्रशासनकाे निर्देशन

काेराेनाकाे नाममा जथाभावी पैसा नउठाउन प्रशासनकाे निर्देशन


चाैतारा । जिल्ला प्रशासन कार्यालयले काेराेेना राेकथाम र नियन्त्रणका लागि जथाभावी पैसा नउठाउन निर्देशन दिएको छ । आज बसेकाे जिल्ला काेभिड -१९ विपद व्यवस्थापन केन्द्रकाे बैठकले जिल्लामा जथाभावी काेराेना उपचार र नियन्त्रणका लागि भन्दै रकम नउठाउन निर्देशन दिएको हाे । काेभिडका लागि स्वेच्छिक रुपमा चन्दा दिन चाहेमा नेपाल सरकारको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषको खाता नम्बर १९६०००००११०१ मा जम्मा गर्न पनि अनुराेध गरेको छ । जिल्लामा नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक, उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकलगायत संस्थाले काेराेना राेकथाम र नियन्त्रणका लागि भन्दै पैसा उठाएका थिए ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!