Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठअर्थचीनबाट आएका अक्सिजन सिलिण्डर तातोपानी आइपुग्यो

चीनबाट आएका अक्सिजन सिलिण्डर तातोपानी आइपुग्यो


काठमाडौं । चीनबाट अक्सिजनका खाली सिलण्डिरहरु तातोपानी भन्सार कार्यालय आइपुगेको छ ।

अहिले भर्खरै ती सामग्री तातोपानी भन्सार कार्यालय आइपुगेको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

व्यवसायीहरुले ल्याएका २५ सय अक्सिजनका खाली सिलिण्डर भन्सार कार्यालय आएका हुन् । भन्सार प्रक्रिया पुरा गरेर ती सामग्री आजै काडमाडौं पठाइनेछ ।

उपप्रधानमन्त्री इश्वर पोखरेलका प्रेस सल्लाहाकारले हिजो नै चीन सरकारले अनुदान दिएका १८ अजार सिलिण्डर तातोपानी आइपुगेको बताएका थिए ।

तर ती सामग्री स्थलमार्गबाट कहिले आउने भन्ने एकिन छैन् । तर व्यवसायीले व्यापारिक प्रयोजनका लागि ल्याएका सिलिण्डर तातोपानी आइपुगेको हो ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!