शुक्रबार, कात्तिक ५, २०७८
गृहपृष्ठअर्थकोभिड रोकथामका लागि उद्योग बाणिज्य संघमा ८ लाखको कोष

कोभिड रोकथामका लागि उद्योग बाणिज्य संघमा ८ लाखको कोष


बाह्रविसे । सिन्धुपाल्चोक उद्योग बाणिज्य संघ सिन्धुपाल्चोकले कोभिड १९ को संक्रमण रोकथामका लागि ८ लाख रुपैयाँको कोष खडा गरेको छ । संघको भर्चुअल बैठकबाट सिन्धुपाल्चोकमा कोरोना रोकथामका लागि सो कोष खडा गरिएको हो ।
देशभर फैलँदै गरेको कोरोना भाइरसको दोस्रो लहरबाट सिन्धुपाल्चोक पनि धेरै प्रभावित बन्न पुगेकाले त्यसको रोकथामका लागि संघ अगाडि बढेको हो । समाजमा महामारी फैलँदा केही सेवा गर्न पहिलो आर्थिक कुरा नै अगाडि आउने भएकाले कोरोना रोकथाम कोष खडा गरिएको संघका अध्यक्ष होमबहादुर बस्नेत (राजकुमार)ले सिन्धुखबरलाई जानकारी दिए ।
‘यो रकमबाट जिल्लामा आवश्यक परेको सामग्रीहरु वितरणका लागि खरिद गरिनेछ,’ उनले भने, ‘जिल्लाका हरेक गाउँका लागि मास्क, सेनिटाइजर, अक्सिजनलगायत सामग्रीका लागि यो रकम खर्चिनेछ ।’ उनले नेपाल हिमालय सीमापार बाणिज्य संघ सँगको संयोजनमा कोष सञ्चालन गरिने बताए ।
संघले अध्यक्ष बस्नेतको संयोजकत्वमा कोभिड १९ राहत कोष व्यवस्थापन समितिसमेत निर्माण गरेको छ । बस्नेतको संयोजकत्वमा संघका द्धितीय उपाध्यक्ष अमृत कार्की, तृतीय उपाध्यक्ष सूर्यबहादुर कार्की, महासचिव शम्भुबहादुर तिमिल्सिना र कोषाध्यक्ष उमेश प्रधान सदस्य रहेका छन् ।
त्यस्तै संघले बनदेउ र मेलम्चीमा कोभिड १९ रोकथामका लागि राखिएको वेटिङ सेन्टरमा खानेपानीको व्यवस्था गर्नेसमेत निर्णय गरेको छ । संघले उद्यमी व्यवसायीलाई सुरक्षाका मापदण्ड अपनाई व्यवसाय सञ्चालनगर्न अपिलसमेत गरेको छ ।
कोषमा रकम सहयोग गर्नेहरु ।
नाम पद
होम बहादुर बस्नेत (राजकुमार) अध्यक्ष १०१०००
वेद बहादुर श्रेष्ठ निवर्तमान अध्यक्ष ७५४३५
रामकाजी पौडेल वरिष्ठ उपाध्यक्ष ७५१००
उमेश कसजु प्रथम उपाध्यक्ष ७०१००
अमृत कार्की द्वितीय उपाध्यक्ष ६११००
सूर्यबहादुर कार्की तृतीय उपाध्यक्ष ६०१००
जगनाथ चालिसे (रामकृष्ण) मानार्थ उपाध्यक्ष ५०००
दिलीपराज गिरी ” ” २५०००
शम्भु बहादुर तिमल्सिना महासचिव २५०००
ईश्वर गुभाजु सचिव १००००
उमेश प्रधान कोषाध्यक्ष ५०५०५
विचारी पराजुली सह कोषाध्यक्ष २००००
रामचन्द्र कार्की कार्यकारी सदस्य १००००
विदुर खड्का ” ” १००००
राजकपुर खत्री ” ” ५०००
मोहनभक्त श्रेष्ठ ” ” १००००
चमेली श्रेष्ठ ” ” ५०००
उद्धब पौडेल ” ” १५०००
तीर्थराज पौडेल ” ” २००००
प्रकाश आचार्य ” ” १००००
प्रकाश दाहाल ” ” १००००
मन्दु थापा ” ”
रमेश बस्नेत ” ” १००००
राजेश श्रेष्ठ ” ” १००००
शिवहरि श्रेष्ठ ” ”
सोभियत पौडेल ” ” १५०००
कल्याणी घिसिङ ” ” ५ सय थान मास्क
सुरज पौडेल ” ” १००००
भुपेन्द्र भण्डारी ” ” ५५५५
रुपक धिताल ” ” २१०००
भेषबहादुर बस्नेत (राजेन्द्र) ” ” २५१०५
सोनाम शेर्पा ” ” १००००
उजार सिं तामाङ ” ” १००००
नवराज भट्टराई ” ” १००००

 


क्याटेगोरी : अर्थ
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!