Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठअर्थनदिजन्य पदार्थ उत्खनन गर्न रोक

नदिजन्य पदार्थ उत्खनन गर्न रोक


मेलम्ची । सिन्धुपाल्चोकका तीन नदिबाट नदिजन्य पदार्थ उत्खनन गर्न रोक लगाइएको छ । मेलम्ची नगरपालिकाले एक सूचना जारी गर्दै मेलम्ची, सिन्धुखोला र इन्द्रावती नदिमा पदार्थ उत्खनन गर्न बन्द गराएको हो ।
भोलि (वैशाख २५ गते) विशान ६ बजेबाट नदिजन्य पदार्थ उत्खनन गर्न पाइने छैन । नगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित क्रसर उद्योगहरुको अनुगमन गरि कच्चा पदार्थको मौज्दात अवस्था एकिन गरेकाले नदिजन्य पदार्थ निकाल्न रोक गरेको हो ।

क्रसर उद्योगहरुबाट आर्थिक वर्ष २०७७, ७८मा उत्खनन गरिएको पदार्थ मौज्जात परिमाण एकिन गरिएको र प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन बमोजिम उत्खनन भइसकेकाले रोक लगाइएको मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले सिन्धु खबरलाई जानकारी दिए ।
नगरपालिकाले यी तीन नदि क्षेत्रमा मेसिनरी औजरको प्रयोग नगर्न अपिल गरेको छ । नगरपालिकाले आफ्नो क्षेत्रमा रहेका नदिबाट कच्च पदार्थ निकाल्ने सबै १० वटा क्रसर उद्योगलाई जानकारीसमेत गराइसकेको छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!