Techie IT
Thursday, August 5,2021 / बुधबार, साउन २०, २०७८
×
गृहपृष्ठअर्थमध्य भोटेकोशीको आइपियो बैशाख २१ बाट खुल्ने

मध्य भोटेकोशीको आइपियो बैशाख २१ बाट खुल्ने


चौतारा । मध्य भोटेकोशी जलविद्युत आयोजना १०२ मेगावाटले बैशाख २१ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाको लागि आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई ६० करोड बराबरको ६० लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले सिन्धुपाल्चोक जिल्लाका बासिन्दाको लागि कुल जारी पूँजी ६ अर्बको १०.५ अर्थात् ६० करोड बराबरको ६० लाख कित्ता निष्काशन गर्न लागेको हो । जस मध्ये सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्र भोटेकोशी गाउँपालिका १ र ५ (साविक लिस्ती गाविस र साविक मार्मिङ गाविस), बाह्रबिसे नगरपालिका ५ र ६ (साविक गाती गाविस) तथा बाह्रबिसे नगरपालिका ७ र ८ (साविक घुम्थाङ्ग गाविस) र साविक मानेश्वरा गाविसमा स्थायी बसोबास गर्ने बासिन्दाहरुको लागि ३० प्रतिशतले हुन आउने १८ लाख कित्ता साधारण शेयर र माथि उल्लेखित आयोजनाबाट प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा स्थायी बसोबास गर्ने बासिन्दाहरुको लागि ७० प्रतिशतले हुन आउने ४२ लाख कित्ता साधारण शेयर निष्काशन हुने छ ।

यस आईपिओमा आवेदन दिंदा न्युनतम ५० कित्ता र अधिकतम ४ सय कित्तासम्मको लागि दिन सकिने छ । आईपिओमा छिटोमा जेठ ४ गतेसम्म र सो अवधिसम्ममा पर्याप्त आवेदन नपरेमा जेठ २० गते सम्म आवेदन दिन सकिने छ । स्थानीय बासिन्दाका लागि आईपिओ निष्काशन गरिएकोले मेरो शेयरबाट भने शेयर भर्न सकिने छैन । शेयर भर्नका लागि कम्पनिले विभिन्न बैंकका ४३ वटा शाखाहरु तोकेको छ ।

आयोजनाको अद्यावधिक लागत अनुमानको रकम रु १५ अर्ब ०३ करोड ०२ लाखको ९० हजार आधारमा २०७७ चैत्र मसान्तसम्म निर्माण अवधिको ब्याजबाहेक रकम रु ८ अर्ब २६ करोड ५ लाख २९ हजार ३९ रुपैया खर्च भएको छ । सो अनुसार आयोजनाको वित्तीय प्रगति प्रतिशत ५४.९६ प्रतिशत रहेको । साथै आयोजनाको भौतिक प्रगति समग्रमा ७० प्रतिशत रहेको छ ।

आयोजनाबाट वार्षिकरुपमा ५४ करोड २० लाख युनिट विद्युत उत्पादन हुनेछ । प्राधिकरणले आयोजनाको विद्युत हिउँद र वर्षायाममा प्रतियुनिट क्रमशः रु ८.४० र ४.८० मा खरिद गर्नेछ । यसबाट कम्पनीलाई वार्षिक २ अर्ब ९० करोड रुपैयाँ आम्दानी हुनेछ ।


क्याटेगोरी : अर्थ
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!