Techie IT
Wednesday, May 12,2021 / बुधबार, वैशाख २९, २०७८
×
गृहपृष्ठअर्थमाथिल्लो चाकु ‘ए’ ले थाल्यो व्यवसायिक उत्पादन

माथिल्लो चाकु ‘ए’ ले थाल्यो व्यवसायिक उत्पादन


चाकु । भोटेकोशी गाउँपालिकाको चाकुमा रहेको शिव श्री हाइड्रोपावर कम्पनीले निर्माण गरेको माथिल्लो चाकु ‘ए’ आयोजनाले व्यवसायिक उत्पादन दिन थालेको छ । आज (विहीबार) आयोजना रहेको भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले आयोजनाको व्यवसायिक उत्पादनको सुभारम्भ गरे ।
२२.२ मेगावाट कुल क्षमता रहेको यो आयोजनाबाट हाल ३.५ मेगावाट विद्यतु राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ ।
फुल्पिङकट्टीको चन्द्राकुमा रहेको बाँधबाट दुई हजार पाँच सय मिटर लामो सुरुङमार्फत चाकु खोलो छिराइ चाङ्लेकट्टीस्थित उत्पादन गृहमा पु¥याइएको आयोजना निर्धारित समयभन्दा चार वर्ष ढिलो गरी निर्माण सम्पन्न भएको हो । २०७३ भित्र सक्ने गरी २०६९ साउन ३० गतेबाट आयोजना निर्माण थालिएको थियो ।
नेपाल–चीन सीमावर्ती भोटेकासी गाउँपालिका–४ फूल्पिङकट्टीमा निर्मित आयोजनाको उत्पादन २२ किलोमिटर दुरीमा लामोसाँघुमा रहेको विद्युत प्राधिकरण स्वामित्वको सुनकोसी जलविद्युत केन्द्रको सव–स्टेसनमार्फत केन्द्रीय प्रशारण लाइनमा जोडिएको शिवश्रीका अध्यक्ष बच्चु पौडेलले बताए । ‘प्राधिकरणले हिउँदमा सात र बर्खामा चार रुपैयाँ तिरेर प्रतियुनिट विद्युत खरिद गर्ने छ ।’ अध्यक्ष पौडेले भने, ‘उत्पादित विद्युत बिक्रीबाट महशुलबापत वार्षिक ५० देखि ६० करोड रुपैयाँ आयोजनाले आम्दानी गर्ने छ ।’


२०७१ साउनको जुरे पहिरो, २०७२ वैशाख १२ को भुकम्प, भाेेेेटेकोसी बाढी र लगातारको बर्खे बाढीपहिरोले क्षति पु¥याउँदा आयोजना सम्पन्न हुन ढिलाइ भएका शिवश्रीका संस्थापक कार्यकारी अध्यक्ष तथा सल्लाहकार उमेश कसजूले बताए । निर्माण सम्पन्न हुँदा प्रतिमेगावट लागत २३ करोड रुपैयाँ पुगेको कसजूले जानकारी दिए । ‘निर्माण अवधि लम्बिँदा आयोजना केही महंगो पर्न गएको छ,’ उनले भने । उनका अनुसार भूकम्पले निर्माणाधीन आयोजनालाई धेरै क्षति पु¥याएको थियो । कार्यक्रममा सिन्धुपाल्चाेक उद्याेग बाणिज्य संघका अध्यक्ष हाेमबहादुर बस्नेत (राजकुमार)ले माथिल्लाे चाकुकाे याे उत्पादनले अँध्यारामा रहेका जनताहरूलाई उज्यालो दिने बताए । “याे सिन्धुपाल्चोककाे गाैरव हाे, जलस्राेतमा धनी सिन्धुपाल्चोकमा भएका अन्य अायाेजनामा हामीले सक्ने सहयाेग गर्नेछाै ।” अध्यक्ष बस्नेतले भने, “जलस्राेतमा लगानी गर्ने व्यवसायीहरूलाई लगानीमैत्री वातावरण बनाउन बाणिज्य संघ लागि पर्नेछ ।” लागि बत्ती नपुगेको अवस्थामा यो आयोजनाबाट उत्पादित विद्युतले राहत पुग्ने बताए ।
शिवश्रीका अनुसार सिटिजन बैँक लिमिटेडको अगुवाइमा विभिन्न १२ बैंक तथा बित्तिय संस्थाले आयोजनामा तीन अर्व रुपैयाँ ऋण लगानी गरेका छन् । स्थानीयसहित सर्वसाधरणलाई २० प्रतिशत सेयर बितरण गरिसकेको आयोजनामा निजी क्षेत्र (संस्थापक) को एक अर्व ४७ करोड रुपैयाँ लगानी रहेको शिवश्रीका कार्यकारी अध्यक्ष बच्चु पौडेलले जनाए । शिवश्री र विद्युत प्राधिकरणबीच २०६७ मा पिपिए (विद्युत खरिद सम्झौता) भएको थियो ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस