Techie IT
Wednesday, May 12,2021 / बुधबार, वैशाख २९, २०७८
×
गृहपृष्ठअर्थतातोपानी भन्सारद्वारा उद्योग बाणिज्य संघ र सीमापारका नव निर्वाचितलाई बधाई

तातोपानी भन्सारद्वारा उद्योग बाणिज्य संघ र सीमापारका नव निर्वाचितलाई बधाई


तातोपानी ।

तातोपानी भन्सार कार्यालयले सिन्धुपाल्चोक उद्योग बाणिज्य संघ र नेपाल हिमालय सीमापार बाणिज्य संघका नव निवनिर्वाचत कार्यसमितिलाई बधाई दिएको छ । सोमबार कार्यालयले एक कार्यक्रमको आयोजना गरि दुर्व संस्थाका अध्यक्षनसहति पदाधिकारी र सदस्यलाई बधाई तथा शुभकामना दिएको हो ।
तातोपानी भन्सार कार्यालयमा भएको कार्यक्रममा प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले बधाई दिएका हुन् । तातोपानी नाका हुँदै व्यापार गर्ने व्यापारीहरुको संस्था भएकाले कार्यालयले बधाई तथा शुभकामना प्रदान गरेको हो ।
भन्सार कार्यालयले नाकाबाट हुने कारोबारलाई थप सहज बनाउन अन्तरक्रिया कार्यक्रमको आयोजना गरि दुवै संस्थाका कार्यसमितिलाई शुभकामना दिएको हो ।

प्रमुख भन्सार अधिकृत खत्रीले सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष होमबहादुर बस्नेत (राजकुमार) र नेपाल हिमालय सीमापार बाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठ सहित पदाधिकारी र सदस्यलाई खादा लगाएर स्वागत गर्दै बधाई ज्ञापन गरेको थियो ।
बधाई तथा अन्तरक्रिया कार्यक्रममा प्रमुख भन्सार अधिकृत खत्रीले नाकाको अवस्थाबारे जानकारी दिएका थिए ।यो नाका राजस्व संकलनका लागि महत्वपूर्ण नाका भएकाले यसबाट कारोबार बढाउनु पर्नेमा जोड दिए । उनले नाकाको समस्या, अबको सम्भावना र अवसरबारे प्रकाश पारेका थिए ।

काठमाडौंसँग नजिक रहेको तातोपानी नाका सहज बनाउन दुई देशबीच पहल आवश्यक रहेको नेपाल हिमालय सीमापार बाणिज्य संघका अध्यक्ष श्रेष्ठले बताए । दुवै मुलुकले कुटनैतिक तवरबाट नाका संचालनको अवरोध हटाई व्यापारमा सहजता ल्याउनुपर्ने उनको तर्क थियो । त्यस्तै सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष बस्नेतले पटक पटक खुल्ने र बन्द हुने गरेकाले व्यापारीहरुलाई समस्या भएको भनाई राखे । उनले स्थिर रुपमा नाकाबाट व्यापार गराउनका लागि सरकारले पहलकदमी लिनुपर्ने बताए ।


क्याटेगोरी : अर्थ, समाज
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार