आईतबार, कात्तिक ७, २०७८
गृहपृष्ठअर्थरसुवा नाकाबाट व्यापार सहज बनाउन जोड

रसुवा नाकाबाट व्यापार सहज बनाउन जोड


काठमाण्डौं । नेपाल चीन बीचको व्यापारिक नाका रसुवा भन्सार कार्यालयबाट हुने आयात र निर्यात सहज बनाउन पहल गरिएको छ । रसुवा भन्सार कार्यालयको आयोजनामा नेपाल हिमालय सीमापार संघले स्थलगत निरीक्षण गर्दै कारोबार सहज बनाउन पहल गरिएको हो ।
व्यापार संघले रसुवाको भौगोलिक अवस्थाको बारेमा समेत सरोकारवालाहरुसँग छलफल गर्दै कारोबारमा भएका समस्या समाधान गरिने भएको छ । भन्सारमा भएका विभिन्न समस्याहरुको अवलोकन गरी व्यापारलाई सहज बनाउँदै हाल भैरहेको समान आयातमा वृद्धि ल्याई व्यापार बढाउन छलफल भएको हो ।
नेपाल हिमालय सिमापार संघका नवनिवार्चीत अध्यक्ष अशोक कुमार श्रेष्ठ लगायत सचिवालय सदस्य सहितको टोलीले भन्सारकार्यलय स्थलगत भ्रमण गरी अन्र्तक्रिया गरेका थिए । व्यापारमा सहजिकरण गरी समान व्यापारलाई बढाउनका लागि संघले स्थानिय सरकार, उधोग वाणिज्य संघ र च्यम्बर अफ कर्मस लगायतका संघ संस्थाहरुसंग अन्र्तक्रिया भएको नेपाल हिमालय सिमापार संघका नवनिवार्चीत अध्यक्ष अशोक कुमार श्रेष्ठले बताए ।
संघले रसुवा भन्सार कार्यालयका भन्सार अधिकृत रामप्रसाद रेग्मी, रसुवाका प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद ढकाल, सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा थापा केसीसँग ब्यापार सहजीकरणका लागि छलफल गरिएको हो । संघले व्यपापारका क्रममा आएका समस्या समाधानका लागि ज्ञापनपत्रसमेत बुझाएको थियो ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!