Techie IT
Saturday, April 17,2021 / शुक्रबार, वैशाख ३, २०७८
×
गृहपृष्ठअर्थवर्षैपिच्छे घट्दै चौरी गोठ

वर्षैपिच्छे घट्दै चौरी गोठ


चौतारा

वैदेशिक रोजगारी र पुस्ता हस्तन्तरण नहुँदा सिन्धुपाल्चोकका हिमाली भेगमा हुने गरेका चौंरीका गोठहरु घट्दो क्रममा रहेको छ । चौरी हिड्ने बाटो, पर्याप्त खानेपानी र घास नहुने वातावरणले समेत चौरीपालकको संख्या वर्षपिच्छे घटेको हो ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका, हेलम्बु गाउँपालिका, पाँचपोखरी गाउँपालिकालगायतमा चौंरी पालिने गरिएको छ ।
भोटेकोशी गाउँपालिकाको वडा ४ फुल्पिङङकट्टी मुलखर्क, नाटुखर्क, नारायणथान्को यारमालामा गरी झण्डै २५ वटा चौरी गोठ छन् । गाउँका अधिकांश युवाहरु वैदेशिक रोजगारीमा गएका कारण गोठहरु घट्दै गएको डोमा शेर्पाले बताइन् । दस वर्षदेखि डोमा भने चौरीसँगै अझै रमाइरहेकी छिन् ।
पाकाकै भरमा चौरी पालन भइरहेकोले केही वर्षयता लेकाली भेगमा चौरी पालकको संख्या दिनहँु घट्दै आएको हो । चौरीपालकको संख्या घट्दो क्रममा रहेपछि स्थानीय सरकारले चासो देखाएकोसमेत छ । हेलम्बु गाउँपालिकाले चौरीको बिमा गरिदिएको छ भने भोटेकोशी गाउँपालिकाले पनि अनुदान सहयोग गरिरहेको छ ।
गौरीशंकर हिमश्रृंखलाको काखको तल्लो भुभागमा डिमु पालिरहेका हेलम्बु १ का जम्लीङ शेर्पा अनुदान र बीमाको सुविधाप्रति सन्तुष्ट भएर गीत गाउँछन् । ‘हामी लेकका गोठालाको बारेमा कहिल्यै सरकारले सोचेकोजस्तो लागेको थिएन्, अहिले केही सम्झिएको महसुस गरेका छौ, एकदमै खुशी लागेको छ ।’ उनले भने । ५५ वटा डिमुमा ठुलो नभएसम्म बाघले खाने डर रहने भएकाले सचेत भएर रेखदेखमा जुुटिरहेका उनी जिल्लामा दुर्लभ बन्दै गइरहेको याकजस्तै हिमाली जनावार ‘डिमु’ स्याहारेर उनको दैनिकी कट्छ । छुर्पी र घ्यु बाट मात्रै दुई लाखभन्दा माथि कमाइसकेका उनले डिमु ठुलो भइसकेपछि राम्रो आम्दानी हुने गरेको उनको भनाई छ ।
मार्मिङको गोल्ची, घोर्थलीको बिगु दोलंसा, फुल्पिङकटीको नारायणथान््, तातोपानीको लिपिङ लेक,लिस्तीकोटको बगाङ छगामसम्म चौरी पाल्ने गरिएको छ । ‘नारायणथान्सँगैको गाउँ सेलाङकट्टीमा पहिले १५ देखि १६ चौरी गोठ थियो,’ भोटेकोशी वडा ४ फुल्पिङकट्टीका वडाध्यक्ष साङदोर्जे शेर्पाले भने ,‘अहिले एक गोठ पनि छैनन्, सबै अरु पेशामा लागे ।’
लेकाली जंगलमा चौरी,याक र डिमु पालनमा जिवन गुजारेका कृषकको आम समस्यालाई अध्ययन गरेर भोटेकोशी गापाले पहिलो पटक दाताको खोजी गर्यो ।
भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलकाअनुसार आहिले लिस्तीमाथि छागमबगामको चौरी खर्कमा ६० गोठ थपि“दैछन् । ‘एशियन नेपाल र बुद्धिष्ट संस्था सेण्डाकले अनुदान दियो, हामीले सम्पूर्ण चौरी पालकको यकिन विवरण निकालेर बिमाको प्रबन्ध मिलाएका छौ ।’ उनले भने । चौरी पालकको कठिनाईलाई बुझेर उत्पादित चौरी ,डिमुको दुधजन्य सामग्रीको बजारिकणको लागि लेकाली खर्कमै संकलन केन्द्र पनि स्थापना गरिएको उनले उल्लेख गरे ।
‘प्रत्येक कृषकको गोठमा रहेका चौरीको बिमा र औषधोउपचारको लागि तैयार छौ ।’ उनले भने । चौरी खर्कको व्यवस्थापन र उत्पादित सामगा्रीको बजारिकरणको लागि स्थापना गरिएको चौरी संरक्षण समितिले कुल आयको ६० प्रतिशत कृषकलाई र ४० प्रतिशत कोषमा राखेर पुनः किसानकै लागि शेयरमा परिणत गर्ने योजना पनि बनाएको उनले प्रष्ट्याए ।
जिल्लाभर दुई वर्षअघिसम्म हजार गोठ रहेकोमा हाल डेढसय मात्र रहेको अनुमान गरिएको छ ।

 


क्याटेगोरी : अर्थ
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस