Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठअर्थभृकुटीको सम्झनामा इन्द्रावतीमा पार्क बन्दै

भृकुटीको सम्झनामा इन्द्रावतीमा पार्क बन्दै


सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिका–४ नवलपुरमा भृकुटी पार्क बन्ने भएको छ । गाउँपालिकाको पहलमा बन्न लागेको उक्त पार्कको डीपीआर तयार भएको छ । पार्कको डीपीआर ग्रीन डिजाइन सोलुसन प्रालिका प्रबन्ध निर्देशक आर्किटेक्ट नवीन घिसिङको नेतृत्वमा तयार पारिएको गाँउपालीका अध्यक्ष बशंलाल तामाङले बताउनुभयो ।

तिब्बतका राजा स्रंचङगम्पोले नेपाली चेली भृकुटीलाई बिहे गरेर त्यही बाटोबाट लगेकोले त्यसकै सम्झनास्वरूप पार्क निर्माण गर्न लागेको आर्किटेक्ट घिसिङले जानकारी दिनुभयो । भृकृटीलाई विहे गरेर यही बाटोबाट लगेको हुनाले सम्झनामा पार्क गाउँपालिकाले निर्माण गर्न लागेको हो । १२ रोपनी जग्गामा निर्माण हुन लागेको उक्त पार्कको लागत करिब २ करोड रहेको छ ।

यसका लागि पर्यटन मन्त्रालयले बजेटसमेत विनियोजन गरिसकेको छ । पार्कमा योग, व्यायामसमेत गर्न मिल्ने गरी डिजाइन गरिएको छ । गाउँपालिकामा आउने सेवाग्राही थकाइको महसुस भएका बेला विश्राम गर्न सकुन् भनेर पनि गाउँपालिककै छेउमा निर्माण गर्न लागेको बताईएको छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!