Techie IT
Saturday, April 17,2021 / शुक्रबार, वैशाख ३, २०७८
×
गृहपृष्ठअर्थआफ्नै भवनमा उद्योग बाणिज्य संघ चाैतारा शाखा

आफ्नै भवनमा उद्योग बाणिज्य संघ चाैतारा शाखा


चाैतारा ।
सिन्धुपाल्चोक उद्योग बाणिज्य संघ चाैतारा शाखा अाफ्नै भवनमा सरेकाे छ । अाज(शनिबार) नेपाल उद्याेग बाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले शाखाकाे नव निर्मित भवनकाे उद्घाटन गरे ।
यसअघि शाखाकाे कार्यालय भाडामा रहँदै अाएकाे थियाे । अाफ्नै भवनमा कार्यसम्पादन गर्न थालेपछि सेवा प्रवाहमा सहजता अाउने सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष बेदबहादुर श्रेष्ठले बताए ।
उद्घाटन कार्यक्रममा भवन निर्माणमा सहयाेग गर्नेहरूलाई सम्मान गरिएकाे थियाे । संघका पूर्वअध्यक्ष एवं केन्द्रीय सदस्य कमलकुमार श्रेष्ठ, केन्द्रीय सदस्य नरेशलाल श्रेष्ठ, रामकाजी पाैडेल, सुब्बा सुनारलाई कार्यक्रममा सम्मान गरिएकाे हाेे ।
शाखाकाे भवन चाैतारास्थित वनदेवी मन्दिर सँगै छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार