Techie IT
Friday, March 5,2021 / शुक्रबार, फागुन २१, २०७७
×
गृहपृष्ठअर्थपानी पठाएर गरियो मेलम्चीको सुरुङ परीक्षण

पानी पठाएर गरियो मेलम्चीको सुरुङ परीक्षण


मेलम्ची । मेलम्ची खानेपानीको सुरुङमा पानी भरेर परीक्षण गरिएको छ । खानेपानीको साढे २६ किलोमिटर सुरुङमा सोमबार (आज) आयोजनास्थलमै गरिएको औपचारिक कार्यक्रममा पानी भरेर परीक्षण गरिएको हो ।

खानेपानी मन्त्री मणि थापा, युवा तथा खेलकुद मन्त्री दावा तामाङ, विघटित प्रतिनिधिसभा सदस्य शेरबहादुर तामाङलगायतको उपस्थितिमा सुरुङमा पानी हालेर परीक्षण गरिएको छ ।

खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेसँगै पानी हालेर परीक्षण सुरु गरिएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए ।

गत असारमै सुरुङमा पानी भनेर परीक्षण गरिएको थियो तर हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथानको अडिटको मुख्य गेट (नं १७) फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनियर र चालकलाई बगाएको थियो । त्यसपछि आयोजनाको मुख्य दातृ निकाय एसियाली विकास बैंक (एडीबी) को अनुदान सहयोगअन्तर्गत चार जना विशेषज्ञको टोलीले सुरुङ, मुहानस्थल, गेटलगायत संरचनाको पुनः जाँच गरेको थियो । विशेषज्ञहरूको सुझावलाई समावेश गरी पुनः परीक्षणका लागि तयार भएको आयोजनाका कार्यकारी निर्देशक तिरेश खत्रीले बताए ।

परीक्षणका क्रममा हेलिकप्टरलाई तयारी अवस्थामा राखिएको छ । विगतको जस्तो दुर्घटना नहोस भन्नका लागि आयोजनाले यसपालि विशेष सतर्कता अपनाएको खत्रीले बताए । सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौँको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङ भर्न १६ दिन लाग्नेछ ।


क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस