गृहपृष्ठ ∕ अर्थ ∕ अबरुद्ध सुनकोशी पुल निर्माण कार्य तत्काल सुचारु गर्न दबाब अबरुद्ध सुनकोशी पुल निर्माण कार्य तत्काल सुचारु गर्न दबाब Sindhu Khabar फागुन १०, २०७७ गते ९:४५ मा प्रकाशित बाह्रबिसे। जिल्लाको बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाको मेरुदण्ड मानिने सिन्धुपाल्चोक र दोलखा लाई जोड्ने सुनकोसी नदीको पक्की पुल निर्माण तत्काल सुचारू गर्न स्थानीयले दबाब दिएका छन् । निर्माण सुरू भएकाे ६ बर्षसम्म पुल नबनेपछि तत्काल सुचारू गर्न स्थानीयले दबाब दिएका हुन् । निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले निर्माणको काम अलपत्र छाडेपछि तीन वर्षअघि बन्नुपर्ने सुनकोसी पुल छ वर्ष बितिसक्दासमेत पुल निर्माण नभएपछि त्रिपुरासुन्दरी गाउँपालिका र बाह्रबिसे नगरपालिकाका स्थानीयले पुलमा धर्ना दिए । प्रभावित क्षेत्रका सयौँ स्थानीयले पुलमा भेला भएर ठेकेदार निर्माण कम्पनी र सडक डिभिजन कार्यालयलाई पुल निर्माण गर्नका लागि दबाब दिएका छन् ।पुल २०७२ सालबाट निर्माण सुरु भएको थियो । पुल २०७५ सालमा नै तयार हुनुपर्ने सम्झौता थियो तर ठेकेदारले निर्माण कार्यमा ढिलाइ र लापरबाही गरेपछि स्थानीय बासिन्दा आन्दोलित भएका छन् । २०६७ सालबाट स्थानीय समाजसेवी माधव भण्डारीको नेतृत्वमा उक्त पुल सुनकोसीमा निर्माण गर्न पहलकदमी भएको थियो । सोही पहलकदमीका कारण २०६९ सालमा तत्कालीन सरकारले रातो किताबमा सुनकोसीमा पुल निर्माणका लागि बजेट विनियोजन गरेको थियो । यो पुलसँगै निर्माण सुरु गरिएका अरू पुलहरू निर्माण सम्पन्न भएर यातायातका साधान सञ्चालनमा आइसकेका छन् तर सो पुल निर्माण काम आधा पनि सकिएको छैन । पुल निर्माण भएको हालको काममा पनि गुणस्तरहीन र कमसल काम भएको स्थानीयवासीले आरोप लगाएका छन् । त्रिपुरासुन्दरी गाउँपालिका–३ का स्थानीय गोकुल नेपालले पुल निर्माणमा चरम लापरबाही भएको बताए । ४० मिटर पुल निर्माणमा कमसल खालका कच्चा पदार्थ प्रयोग भएको समाजसेवी माधव भण्डारीकाे अाराेप छ । पुलका सबै खम्बाहरू चर्किसकेको समेत उनले बताए । पुलका खम्बा चर्किसकेको कुरातर्फ ठेकेदार पक्षलाई पटक पटक निर्देशन गरिएको सडक डिभिजन कार्यालयका इन्जिनियर गोविन्द डमरुले बताए । नेपाल विद्यार्थी सङ्घका केन्द्रीय महामन्त्री बलेदव तिमल्सिनाले पुल निर्माणको गति नलिएको, भएका काम पनि गुणस्तरहीन भएकोले तत्काल सुधार गरेर निर्माण कार्य सुचारु गर्न आग्रह गरेका छन् । सो पुलको ठेकेदार हिदुङ एन्ड थोकर लामा कन्स्ट्रक्सनका पदम लामाको मोबाइलमा पटक पटक सम्पर्क गर्दा उनको मोबाइल अफ रहेको छ । पुल निर्माणको काममा सरकारका तर्फबाट र ठेकेदार पक्षबाट भएको लापरबाही, स्थानीय तहको उदासीनताविरुद्ध स्थानीय व्यक्तिहरूले विरोध गर्न थालेको कुरा बाह्रबिसे धुस्कुन पिस्कर सुनकोसी पुल निर्माण सरोकार समितिका संयोजक माधव भण्डारीले बताए । पुल निर्माणको ढिलाइले त्रिपुरासुन्दरी गाउँपालिकाअन्तर्गतका स्थानीय बासिन्दा हिउँद र वर्षायाममा आवतजावतमा अवरोध खेप्नु परिरहेको स्थानीय समाजसेवी तथा काँगे्रस नेता रामकुमार लामाले गुनासो गरे । क्याटेगोरी : अर्थ, समाचार ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रसुवा नाकाबाट व्यापार सहज बनाउन जोड पत्रकार महासंघ सिन्धुपाल्चोकमा श्रेष्ठ, बाम गठबन्धनको प्यानलै विजयी (कस्को कति… पत्रकार महासंघ सिन्धुपाल्चोकको अध्यक्षमा ४ को उम्मेद्वारी, कुल ४९ ले… भारतले हेलम्बुका तीन गुम्बा पुर्ननिर्माण गर्ने धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५स्वास्थ्य केन्द्रका राई तीन महिनादेखि बेपत्ता ६काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ७सुकुटेमा बसले मोटरसाइकललाई हान्यो, एकको मृत्यु ८लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेसमा सोलुखुम्बूका सुमन प्रथम