बुधबार, असोज ६, २०७८

पर्यटन


मुक्तिनाथ मन्दिर असोज १० गते देखि खुल्ने, पिसीआर रिपोर्ट अनिवार्य

मुक्तिनाथ मन्दिर असोज १० गते देखि खुल्ने, पिसीआर रिपोर्ट अनिवार्य

असोज ६ । पाँच महिनादेखि बन्द, हिमालपारीको जिल्ला मुस्ताङमा रहेको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर असोज १० गते देखि खुल्ला गरिने भएको छ । मुक्तिनाथ र कागवेनीमा सोह्र श्राद्धमा पुग्ने भक्तजनको माग अनुसार असोज १० गतेदेखि सर्वसाधारणका लागि खुला गर्न लागिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारि दिए । मंगलबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समितिको […]

चौतारामा बुद्ध मुर्ती निर्माण : पर्यटनबाट समृद्धिको खम्बा

चौतारा । पछिल्लो समय जनप्रतिनिधिहरु आफ्नो गाउँ या नगरको विकासका लागि अघि बढ्न थालेका छन् । स्थानीय सरकारको पहिलो पाँच वर्षे कार्यकाल छोट्टिदै जाँदा जनप्रतिनिधिहरु आफ्नो क्षेत्रको विकासतर्फ विशेष हुन थालेका हुन् । गाउँलाई अर्थतन्त्रमा अब्बल बनाउने विभिन्न उपायहरु जनप्रतिनिधिले अबलम्बनसमेत गर्न थालेका छन् । यसको एउटा उदारहरण हो । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले थालेको […]

एक करोड २५ लाख लागतमा ठोकर्पामा भ्यू टावर

ठोकर्पा। सिन्धुपाल्चोक जिल्लाको ठोकर्पाको थामडाँडामा भ्यू टावर निर्माण भएको छ । ठोकर्पाको पहिचान, पूर्वाधारको अभियान नारा सहित शनिवार नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व सूचना तथा सञ्चार मन्त्री मोहन बहादुर वस्नेतवाट टावरको उद्घाटन गरिएको छ । सुनकोशी गाउँपालिकाको केन्द्र थामडाँडामा पर्यटकीय केन्द्र वनाउने उदेश्यले भ्यू टावर निर्माण गरिएको गाउँपालिका अध्यक्ष श्रवण जिसीले वताए । पर्यटकीय […]

‘नमस्ते’ आमायांग्री (फोटोफिचर)

हेलम्बु (आमायांग्री) । वरीपरी लोभलाग्दो हिमश्रृंखला, हिउँले सेताम्मे फराकिलो लेकाली जंगल, जंगली डाडाकै शिरमा नाच्दैछन् बौद्ध मन्त्र लेखिएका दर्जो ध्वजापंतगा । लेकाली घना जंगलबीच कलात्मक मानेछ्र्योतेन् र तीन तले निर्माणाधिन् चिटिक्क मन्दिरझै लाग्ने आमायांग्रीको गुम्बा । ह्योल्मोभूमिमा हिउँको ‘उर्गेनपोश’ लगाएकी हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकाको सीमाभेगस्थित ह्योल्मो महादेवी आमायांग्री क्षेत्र पुग्दा काठमाण्डौ माकलबारीका मिलन तामाङ […]

जब रिन्पोछे नाच्दै गुम्बाबाट निक्लिए (फोटोफिचर)

शेर्माथाङ । शिरमा कलात्मक मयुरप्वाखे पवित्र शिरपोष, हातमा तन्त्रमन्त्र कुदिँएका भयंकर बज्र र घण्टी । ह्योल्मो धार्मिक पोशाकमा चिटिक्क देखिएका बौद्ध धर्मगुरु रिन्पोछे ( पदमसंम्भवा), छेउमै रिन्पाछेकै स्वरुप र देविदेवताको सामुहिक लस्कर । भव्य स्वरमा बजेका परम्परागत बाजागाज धुन, तान्त्रिक हतियार हातमा लिएर रिन्पोछेसहित देवता एकै स्वरमा गाउँदै, नाँच्दैछन् । शनिवार ह्योल्मोभुमी हेलम्बु गापा २ […]

ह्योल्मो भूमि हेलम्बुमा लोभलाग्दो हिमाल (फोटोफिचर)

सिन्धुपाल्चोक । वरीपरी भव्य लेकाली जंगलबीच ह्योल्मो बस्ती, सुन्दरतम लेकाली भुगोलबीच आँखै लोभ्याउने सेताम्मे सिमिदाङ र अनेकौ हिमश्रृंखला । अनेकौ धार्मिकस्थल र पदमार्गले घेरिएको हेलम्बुको शिरभेग क्षेत्रको हिमाली भेगले रौनकलाई झनै मनमोहक बनाइदिएको छ । गुम्बैगुम्बाको सहर हेलम्बु क्षेत्रमा रहेको ५ हजार ६ सय ५ मिटर अग्लो नयाँ बेमेथाङ पिकको मंसिर १८ गते नेरिका एडभेन्चरसका […]

भैरवकुण्डमा ट्रेल निर्माणको काम धमाधम

तातोपानी । भैरवकुण्डको विकास गरी पर्यटन प्रवर्धन गर्ने उद्देश्यले भोटेकोशी गाउँपालिकाले भैरवकुण्ड विकासको काम सुरु गरेको छ । भोटेकोसीले भैरवकुण्डको वरिपरि पर्खाल लगाएर त्यसको सुरक्षा गर्ने काम सुरु गरेको हो । भोटेकोसी गाउँपालिकाका अध्यक्ष राज कुमार पौडेलका अनुसार कुण्डको दृश्यावलोकन गर्दै पर्यटकलाई पैदल हिड्न ट्रेलको निर्माण गरिनेछ । ‘भक्तजनहरु आउँदा पनि कुण्ड वरिपरि दर्शन गर्न […]

देउढुंगा : स्वर्ग उक्लने सिंढी (फोटोकथा)

मार्मिङ । सामुन्ने टलक्क टल्कने गौरीशंकर हिमाल, त्यसकै काखमा दामुछो पोखरी, हेर्दा आँखै भरिने क्षितिज भरिने लेकाली जंगल छोपिने हुस्सुबीच छ एउटा पहाडी ढिस्कोमा दुई वटा ठूला खुड्किला छ, त्यही हो अदभूत अर्थात देउढुंगा । जसलाई स्थानीयवासीले स्वर्ग जाने सिढींको रुपमा पुज्ने गर्छन् । सिन्ध्ुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा ५, मार्मिङ र दोलखा जिल्लाको बिगुको सीमाक्षेत्रस्थित […]

काष्ठकलामा लोभलाग्ने ह्योल्मो संस्कृति

हेलम्बु । वैशाख १२ २०७२ को भूकम्प र त्यसपछिका पराकम्पनले हेलम्बुमा रहेका ह्योल्मो संस्कृतिलाई निमिट्यान्न पार्यो । भूकम्पको एकै झट्काले घर ग्राउण्ड जिरो बनाएपछि ह्योल्मो संस्कृति झल्कने सबै संरचना विलिन भयो । ह्योल्मो समुदायले विस्तारै भूकम्पको पीडा बिर्सदैं गए । तर, संस्कृति बिर्सन सकेनन् । र, त अहिले फेरि निकै मेहनतका साथ काष्ठकलामा ह्योल्मो संस्कृति […]

धेरै रुचाईएको
error: Content is protected !!