सोमबार, जेठ २, २०७९

समाज


इन्द्रावती गाउँपालिकाको वडा नंं. ३ र ८ जोड्नेगरी सिपाखोलामा पुल निर्माण

इन्द्रावती गाउँपालिकाको वडा नंं. ३ र ८ जोड्नेगरी सिपाखोलामा पुल निर्माण

नवलपुर । इन्द्रावती गाउँपालिकाको वडा नंं। ३ र ८ जोड्नेगरी सिपाखोलामा पुल निर्माण भएको छ । दुई वडा जानै वर्षौँदेखि सास्ती खेपीरहेका सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाका स्थानीयवासीहरूलाई सिपाखोलामा पुल बनेपछि सहज हुने भएको छ । बागमती प्रदेश सरकारको २ करोड ६० लाख रुपैयाँको लागतमा इन्द्रावती गाउँपालिकाको वडा नंं। ३ र ८ जोड्ने पुल निर्माण भएको हो […]

श्रीमती हत्याको आरोपमा पक्राउ

चौतारा l सिन्धुपाल्चोकको चौतारा सागाँचोकगढी नगरपालिका-१ स्याउलेका मेख बहादुर तामाङलाई श्रीमती हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको छ । ४६ बर्षिय श्रीमती सुकमाया तामाङलाई गए राति काठको दाउरा तथा ढुङगाले शरीरका बिभिन्न भागमा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले जानकारदिनुभयो । घाइते अबस्थामा उपचारको लागि चौतारा अस्पताल ल्याइएपनि सुकमायाको […]

ड्रिम प्रोजेक्ट “थाङपाल भ्याली माध्यमिक विद्यालय” भवन निमार्ण सम्पन्न

पाँचपोखरी l पाँचपोखरी थाङपाल गाउँपालिकाको ड्रिम प्रोजेक्टका रुपमा रहेको थाङपाल भ्याली माध्यमिक विद्यालय भवन निमार्ण सम्पन्न भएको छ । बाग्मती प्रदेश भित्र वृहत् विद्यालयको रुपमा संचालनमा आउने थाङपाल भ्याली मा.वि प्रदेश भित्रकै दोश्रो विद्यालय हुनेछ । पालिका भित्रको रैथानेश्वरी माध्यामिक विद्यालय, चिलाउने माध्यामिक विद्यालय,टालटुलेश्वरी आधारभुत विद्यालय र तिन कन्या आधारभुत विद्यालय गाभेर वडा नम्बर ४ […]

विज्ञको सुझावको आधारमा नदि नियन्त्रणको काम सुरु

सिन्धुपाल्चोक l गत असार १ गते र त्यसपछि आएका बाढीले हेलम्बु, मेलम्ची ,पाँचपोखरी र इन्द्रावतीका केहि भेगमा अतुलनिय क्षति पुर्यायो । हजारौ रोपनी खेतीयोग्य जमीन बगरमा परिणत भयो भने सयौं नागरिक विस्थापित भए । बाढीपछि हिंउदको समयमा समेत सरकारले विकल्पका बारेमा केहि गरेन भनेर स्थानियले आरोप लगाइरहदा मेलम्ची नगरपालिकाले भने नदि नियन्त्रणका लागि काम थालेको […]

अपाङ्गता भएकालाई आयआर्जनमा सहयोग

पाँचपोखरी  l पाँचपोखरी थाङ्पाल गाउँपालिकाले गाउँपालिका भित्रका अपाङ्गता भएका ‘क’ र ‘ख ‘ बर्गका ब्यक्तिहरु (परिवार ) लाई आयआर्जनमा सहज र सहयोग पुगोस् भन्ने हेतुले आ.व ०७८/०७९ को कार्यक्रम अन्तरगत मौरी वितरण कार्य गरिएको छ । उक्त कार्यक्रमबाट वडा न ८,७,६,५,४ मा २० जनालाई वितरण गरिएको छ । बरुवाका ४ जनालाई केहि दिनमै वितरण गरिने […]

चौधरी फाउण्डेशनको सहयोगमा र्निमित एकीकृत बस्ती समुदायलाई हस्तान्तरण (फोटो फिचर)

मेलम्ची- मेलम्ची १२ गिरान्चौरमा राष्ट्रिय पुर्ननिमार्ण प्राधिकरण ,चौधरी फाउण्डेशन ,मेलम्ची नगरपालिका र बस्ति निमार्ण समिति द्धारा निर्मित नम्डोललिङ नमुना एकीकृत बस्ती आज समुदायलाई हस्तान्तरण गरिएको हो । भुकम्पबाट घर भत्केका मेलम्ची १२ गिरान्चौरका ६२ घर धुरीलाई पक्की घर हस्तान्तरण गरिएको छ । फाउण्डेशनका अध्यक्ष विनोध चौधरी , जिल्ला समन्वय समितिका पमुख कृष्णगोपाल तामाङलगायतले आज समुदायलाई […]

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, एक गम्भीर घाइते

काभ्रे- अरनिको राजमार्ग अन्तर्गत बनेपामा बसले मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालकको मृत्यु भएको छ भने मोटरसाइकलमा पछाडी सवार गर्ने एक गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार अरनिको राजमार्ग अन्तर्गत बनेपा नगरपालिका वडा नम्बर ७ मा धुलिखेलबाट बनेपातर्फ गइरहेको बा २ ख ५२९४ बसले बनेपाबाट धुलिखेल जाँदै […]

खानेपानीका लागि घण्टौँ यात्रा गर्दै पानी बोक्न बाध्य स्थानीयको घरआगँनमा…

इन्द्रावती-  बिहीबार इन्द्रावती गाउँपालिका अध्यक्ष वंशलाल तामाङको प्रमुख आतिथिमा ज्याफ्स संस्थाको तर्फबाट ज्याफ्स/एफ्सका अध्यक्ष नोरिको आचुताबाट खानेपानी योजना बुढीचौर खानेपानी उपभोक्ता समितिका अध्यक्ष लिलामणी आचार्यलाई हस्तान्तरण भयो । ज्याफ्स संस्थाको आर्थिक सहयोग र इन्द्रावती गाउँपालिकाको समन्वयमा निर्मित बुढीचौर लिफ्टि खानेपानी योजनाबाट हजार परिवारको घरआगँनमा खानेपानी पुर्‍याएको छ ।खानेपानीको मुख्य समस्या बेहोरिरहेका इन्द्रावती-१० भोटसिपास्थित डाँडागाउँ, माथिल्लो-तल्लो […]

निर्माणाधीन बुद्धपार्कको बुद्धमूर्ति तोडफोड

सिन्धुपाल्चोक – जुगल गाउँपालिका–७ याङ्लाकोट मुन्थली डाँडामा निर्माणाधीन बुद्धपार्कको बुद्धमूर्ति बिहीबार बेलुकी अज्ञात समूहले तोडफोड गरेको छ । प्रदेश सरकारको बजेट र स्थानीय तहको समन्वयमा तीन वर्षदेखि बन्दै आइरहेको पर्यटकीय संरचना फुटाएर ध्वस्त बनाइएपछि स्थानीय आक्रोशित भएका छन् । जुगल गाउँपालिका–७ का अध्यक्ष दिलकुमार लामाका अनुसार पर्यटकीय प्रवर्द्धनको उद्देश्य बोकेर सुरुवाती २० लाख बजेटमा मुन्थली […]

धेरै रुचाईएको
error: Content is protected !!