सोमबार, जेठ २, २०७९

समाज


सुकुटेमा पौडी खेल्दा बेपत्ता युवक मृत फेला

सुकुटेमा पौडी खेल्दा बेपत्ता युवक मृत फेला

सिन्धुपाल्चोक l सुनकोसी नदी सुकुटेमा शनिबार दिउँसो पौडी खेल्न जाँदा बेपत्ता भएका शैलुङ गाउँपालिका वडा ७ मन्जितका एक युवक मृत फेला परेका छन् । चौतारा साँगाचोकगढी नगर ‘एडभेन्चर’ को लागि प्रख्यात सुनकोसी नदी सुकुटेमा ‘र्‍याफ्टीङ’का गर्न मन्जितका २२ वर्षीय रन्जन श्रेष्ठसहित ७ जना साथी सुकुटे आएका थिए । जिल्ला प्रहरी नायब उपरीक्षक दक्षबहादुर बस्नेतकाअनुुसार कपडा […]

रुखले च्यापेर एक जनाको मृत्यु

भोटेकोशी l आज दिँउसो १ः३० बजे भोटेकोशी गाउँपालिका –५ बस्ने वर्ष ६६ को पेम्बा वाङदी तामाङको रुखले च्यापेर ज्यान गएको हो । हलो बनाउनको लागि घर नजिकै रहेको लाक्पा टुसामा रहेको सेर्पोडाँडा भुमेथान सामुदायिक जंगलमा कटुसको रुख काट्ने क्रममा उक्त कटुसको रुख ढली तामाङको छाती र घाँटीमा च्यापी घटनास्थलमानै मत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका […]

मुख्यमन्त्री पाण्डे: “मेलम्ची क्षेत्रका बस्ती जोगाउन चार करोड निकासा भएको…

सिन्धुपाल्चोक l शनिबार बाढीक्षेत्र हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिका पुगेका वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पीडितको ज्ञापन पत्र बुझेपछि बाढीले क्षति पुर्‍याएको मेलम्ची क्षेत्रका बस्ती जोगाउन चार करोड निकासा भएको बताएका छन् । ‘हजुरहरुको गुनासो सुने, तत्कालका लागि नदी नियन्त्रण तथा बस्ती संरक्षणका लागि भू संरक्षणमार्फत चार करोड बजेट निकासा भएको छ, १० करोड थप […]

सभामुख सापकोटाद्वारा भ्यु टावर सहितको बुद्धपार्कको उद्घाटन

चौतारा l बिहीबार एक समारोहका बीच सभामुख अग्निप्रसाद सापकोटाले चौतारा साँगाचोकगढी नगरपालिका वडा न ६ मा नवनिर्मित भ्यु टावर सहितको बुद्धपार्कको उद्घाटन गर्नुभएको छ । सभामुख सापकोटाले ६७ फिट अग्लो बुद्धको प्रतिमाको अनावरण गर्नुभएको हो । नगरपालिकाले गौरवको आयोजनाको रुपमा थालनी गरेको बुद्धपार्क दारेगौरा भिरमा अवस्थित छ । समुद्री सतहबाट करिब १७ सय मिटरको उचाइमा रहेको बुद्धपार्कबाट […]

पाँच राजनीतिक दलको हेलम्बु पालिका कार्यालयमा अनिश्चितकालिन धर्ना

हेलम्बु l विभिन्न माग सहित हेलम्बुका ५ राजनीतिक दलले पालिका कार्यालयमा अनिश्चितकालिन धर्ना सुरु गरेका छ्न । गाउँपालिकाको ५ बर्षको कार्यपालिकाको निर्णयको प्रतिलिपी , ५ बर्षको आम्दानी खर्चको विवरण , विपद कोषको आम्दानी खर्चको विवरण , बाढी पीडितलाई आएको राहतको विवरण , प्रदेश तथा अन्य निकायबाट आएको करोडौं रकम फिर्ता गर्नुको कारण लगायत स्पष्ट पार्न […]

पहरेपानीको भिरबाट लडेर एक जनाको मृत्यु

त्रिपुरासुन्दरी l सिन्धुपाल्चोकको त्रिपुरासुन्दरीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । त्रिपुरासुन्दरी गाउँपालिका ३ स्थित पहरेपानीका ३० बर्षीय सन्तोष थामीको पहरेपानीको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले जनाएको छ ।सोमबार दिउँसो साँढे ३ बजेतिर घरमाथि रहेको भिरबाट लडेका र थामिको टाउकोमा गम्भीर चोट लागेको अवस्थामा प्राथामिक स्वाथ्य केन्द्र बाह्रबिसेमा लगिएकोमा त्यहाँ उपचार […]

थाङाकुना खोलामा एक व्यत्तिको शव फेला

भोटेकोशी l भोटेकोशी गा.पा.वडा नं.४ स्थित थाङाकुना खोलामा एक व्यत्तिको शव फेला परेको छ । सोमबार साँझ भोटेकोशी गा.पा.वडा नं.४ स्थित थाङाकुना खोलामा सोही ठाँउ बस्ने वर्ष २५ को बिर बहादुर बि.क.को शव फेला परेको हो । साँझ साढेँ ५ बजेको समयमा भोटेकोशी गा.पा.वडा नं.४ स्थित थाङाकुना खोलामा सडिगलि गन्ध आई रहेको अवस्थामा मृतक लास […]

ग्यास विस्फोट हुँदा तीन बालबालिकाको मृत्यु

बाह्रबिसे l खाना पकाउने ग्यासको सिलिन्डर विस्फोट भएर आगलागी हुँदा तीन बालबालिकाको मृत्यु भएको छ । बाह्रबिसे नगरपालिका-८ मानेश्वाराको स्थानीय लामा टोलमा ग्यास विस्फोट भएर आगलागी हुँदा जलेर तीन बालबालिकाको मृत्यु भएको हो । स्थानीय मिनबहादुर तामाङको घरमा खाना पकाउने क्रममा हिजो साँझ ७ बजे ग्यास विस्फोट भएको हो । घरमा आगलागी हुँदा उहाँका छोरा […]

२४ करोड लागतमा तयारभएको पांचपोखरी थाङ्पाल भ्यालीको राष्ट्रपतिद्वारा उद्घाटन

पाँचपोखरी । एसियाली बिकास बैंक ९एडीबी० को २४ करोड लागतमा पाँचपोखरी थाङपाल गाउँपालिकामा पांचपोखरि थाङ्पाल भ्यालि निर्माण सम्पन्न भएको छ । अहिले विद्यालयको सुविधा सम्पन्न पाँच भवन (ब्लक) निर्माण सम्पन्न भएको हो । बागमती प्रदेशभित्र बृहत विद्यालयका रूपमा सञ्चालनमा आएको थाङपाल भ्याली विद्यालय प्रदेशभित्रकै दोस्रो विद्यालय हो । पालिकाभित्रको रैथानेश्वरी मावि, चिलाउने मावि, टालटुलेश्वरी आधारभूत […]

धेरै रुचाईएको
error: Content is protected !!