मंगलबार, मंसीर २०, २०७९

समाचार


मेलम्ची आसपासका बासिन्दालाई सतर्क रहन आयाेजनाकाे आग्रह

मेलम्ची आसपासका बासिन्दालाई सतर्क रहन आयाेजनाकाे आग्रह

चाैतारा-मेलम्ची खानेपानी विकास समितिले मेलम्ची नदी किनारका स्थानीयलाई सतर्कता अपनाउन सूचना जारी गरेको छ। सोमबार एक सूचना जारी गर्दै समितिले मेलम्चीको पानी पथान्तरणको कार्य सोमबारदेखि सुरु गरिएकाले उक्त पानी पथान्तरणका क्रममा मेलम्ची नदीमा पानीको बहाव घटबढ हुनसक्ने भएकाले सतर्क रहन सूचित गरेको हो। सुरुङ प्रवेश मार्गहरु सिन्धु, ग्यालथुम, अम्बाथानबाट जुनसुकै समयमा पनि पानी झर्न सक्ने […]

सिन्धुखबर

नवजात शिशु हत्या आरोपमा युवती पक्राउ

चौतारा l नजवात शिशु हत्या गरेको आरोपमा प्रहरीले बिहीबार एक युवतीलाई पक्राउ गरेको छ । हेलम्बु गाउँपालिका–५ कल्लेरी बस्नेत २२ वर्षीया रबिना तामाङ नवजात शिशु हत्या आरोपमा पक्राउ परेकी हुन् । इलाका प्रहरी कार्यालय हेलम्बुले उनलाई पक्राउ गरी अनुसन्धान थालेको छ । प्रहरीका अनुसार तामाङले बुधबार राति साढे १० बजेतिर छोराको जन्म दिएकी थिइन् । […]

सबै वडा घुमेपछि सुबोधको दाबी–चुनाव मैले जितिसकेँ

चौतारा–देशैभर युवा र नयाँ अनुहारको पक्षमा बहस भइरहँदा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा उमेरले ४० वर्षका युवा उम्मेदवार माधव सापकोटा (सुबोध ) घरदैलोमा पुगेर मतदाताको माया बटुलिरहेका छन। दुई दशकयता जिल्लामा निरन्तर राजनीति र समाजसेवामा सक्रिय सुबोधलाई उम्मेदवारका रुपमा पाउँदा सिन्धु १ का मतदाताले घरआँगनमा भव्य स्वागत गरेर बिजयको शुभकामना दिए । जितेर गएपछि आफूहरुलाई […]

चुनावमा दुई दिन सार्वजनिक विदा

चौतारा l सरकारले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सरकारी कार्यालय तथा सार्वजनिक निकायमा दुई दिन विदा दिने भएको छ । गृह मन्त्रालयले आज एक सूचनामार्फत् आगामी मङ्सिर ४ र ५ गते सरकारी कार्यालयमा सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा प्रकाशित उक्त सूचनामा मतदानस्थल रहेका शिक्षण संस्था वा […]

मतदान केन्द्रमा मोबाइल लगे तत्काल कारबाही

चौतारा l निर्वाचन आयोगले मतदान केन्द्रमा क्यामेरा, मोबाइल र अन्य निषेधित वस्तु लिई आए कारबाही गर्ने निर्णय गरेको छ । मङ्गलबार आयोगले चार बुँदे निर्देशन जारी गर्दै मतदाता वा अन्य व्यक्तिले मतदान केन्द्रमा आउँदा निषेधित वस्तु लिई आएको पाइएमा प्रचलित कानुन बमोजिम तत्काल कारबाही गर्ने निर्णय गरेको हो । मतदान केन्द्रमा क्यामेरा, मोबाइल र अन्य […]

सिन्धुपाल्चोकमा तीन घेराको चुनावी सुरक्षा योजना

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन सम्पन्न गर्न स्थानीय प्रशासनले मतदानस्थलको सुरक्षा संवेदनशीलताको आधारमा तीन घेराको चुनावी सुरक्षा योजना बनाएको छ। निर्वाचनलाई शान्त, निश्पक्ष र भयरहित बनाउन जिल्ला सुरक्षा समितिले विशेष सुरक्षा योजना अघि सार्दै तीन घेराको सुरक्षा रणनीति अघि अबलम्बन गर्ने भएको हो। ‘सुरक्षा संवेदनशीलताको आधारमा तीन घेरामा सुरक्षा दिन्छौँ,’ प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले भने, […]

कुन–कुन सामाग्री प्रयोगमा आउँदै छन् मतदानमा ?

चौतारा–प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मतदान केन्द्रमा सियो, धागो, सुतली, सलाईदेखि खागसियोसम्म प्रयोगमा आउने भएका छन् । सामान्यदेखि मतपत्र, मतपेटिक लगायत अति महत्वपूर्ण गरी ७२ प्रकारका चुनावी सामाग्रीमा आउने भएका हुन् । जिल्ला निर्वाचन अधिकारी विकास शर्मा रिजालका अनुसार सियो, धागो, सुतली (डोरी) जस्ता अति सामान्यदेखि मतपत्र, मतपेटिक लगायत अति महत्वपूर्ण सामाग्री प्रयोग हुँदै […]

मतदानको दिन अत्यावश्यक सेवाका लागि सवारी पास नचाहिने

चौतारा l मतदानको दिन अत्यावश्यक सेवाका लागि सवारी अनुमितपत्र लिनु नपर्ने भएको छ । निर्वाचन आयोगले मङ्सिर ४ गते मतदानको दिन अत्यावश्यक सेवाका सवारी साधन प्रयोग गर्न सवारी अनुमतिपत्र लिनु नपर्ने गरी सहज आवागमनको व्यवस्था गरेको हो । बिरामी बोकेको एम्बुलेन्स, शव वाहन, दमकल, खानेपानीको ट्याङ्कर, फोहोरमैला ओसारपसार गर्ने सवारी साधन, दूध बोक्ने सवारी साधन, […]

यस्तो छ चुनावी सुरक्षा योजना

मतदानस्थलको सुरक्षा संवेदनशीलताको आधारमा तीन घेरामा सुरक्षा दिने रणनीति अबलम्बन गरिने प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले बताए । ‘सामान्यतया दुई घेरामा सुरक्षा दिइन्छ,’ उनले भने ।   चौतारा–प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन शान्त, निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न स्थानीय प्रशासनले विशेष सुरक्षा योजना अघि सारेको छ । मतदानस्थलको सुरक्षा संवेदनशीलताको आधारमा तीन घेरामा सुरक्षा दिने […]

धेरै रुचाईएको
error: Content is protected !!