सोमबार, जेठ २, २०७९

स्वास्थ्य/शिक्षा


बागमती प्रदेशमा ९६ प्रतिशतले कोरोना सङ्क्रमणविरुद्ध खोप लगाए

बागमती प्रदेशमा ९६ प्रतिशतले कोरोना सङ्क्रमणविरुद्ध खोप लगाए

बागमती । बागमती प्रदेशमा कोरोना सङ्क्रमणविरुद्धको खोप दिइने अभियानअन्तर्गत हालसम्म प्रदेशभरिमा ९६ प्रतिशत नागरिकले पहिलो मात्राको खोप लगाइसकेका छन् । प्रदेशका १२ देखि १७ वर्षका ४८ प्रतिशत बालबालिकाले कोरोना सङ्क्रमणविरुद्धको खोप लगाइसकेको र योक्रम जारी रहेको मन्त्रालयबाट जानकारी पाइएइको छ । हेटौँडाबाट खोप अभियान सुरु भएको पहिलो मात्राको खोप प्रदेशभरिमा ४८ प्रतिशत बालबालिकालाई दिइएको छ । […]

बुस्टर डोज पहिले लगाएकै खोप हुनु नपर्ने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको बुस्टर डोज लगाउँदा पहिले लगाएकै खोप लगाउनु नपर्ने जनाएको छ। राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिसमा मन्त्रालयले पहिलो र दोस्रो मात्रा जुन खोप लगाए पनि बुस्टर डोज कोभिसिल्ड वा एस्ट्राजेनिका लगाउन सकिने जनाएको हो। यस्तै, पहिलो मात्रा लगाएकाहरूले सोही खोप नभएमा र विदेशमा पहिलो मात्रा अन्य खोप लगाएकाहरूलाई पनि […]

भेरोसेल खोप लगाएका ज्येष्ठ नागरिकलाई बुस्टरमा कोभिशिल्ड दिइने

काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको भेरोसेल खोप लगाएकालाई बुस्टर डोजको रुपमा कोभिशिल्ड खोप दिइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै भेरोसेल खोपको दुबै मात्रा पूरा गरेका ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई बुस्टर डोजको रुपमा कोभिशिल्ड वा अस्ट्राजेनेका खोप दिने निर्णय गरेका हुन् । कोरोना भाइरसविरुद्ध कोभिशिल्ड, अस्ट्राजेनेका, मोडर्ना, फाइजर र […]

५ देखि ११ वर्षका लागि खोप २ महिनापछि

काठमाडौँ – सरकारले ५ देखि ११ वर्षका बालबालिकालाई कोभिड–१९ विरुद्घको खोप करिब दुई महिनापछि लगाउने तयारी थालेको छ । करिब ४० लाख जनसंख्या रहेको यो उमेर समूहका लागि विशेष रूपमा निर्माण गरिएको फाइजरको ‘गुलाबी खोप’ मार्चको अन्त्य वा अप्रिल पहिलो सातासम्म पाउने सरकारी अधिकारीले अपेक्षा गरेका छन् । ‘५ देखि ११ वर्ष उमेर समूहलाई लगाउन मिल्ने फाइजर […]

ओमिक्रोन भेरियन्टका लागि पनि खोप बन्यो, परीक्षण सुरु

पछिल्लो समय विश्वभरी नै संक्रमण फैलाइरहेको कोभिड-१९ को ओमिक्रोन भेरियन्टका लागि खोप निर्माता फाइजर एण्ड बायोएनटेकले ओमिक्रोन विशेष खोप परीक्षण सुरु गरेको छ । फाइजरले १८ देखि ५५ वर्ष उमेर समूहका वयस्कमा रोग प्रतिरोधात्मक प्रतिक्रिया परीक्षणका लागि क्लिनिकल परीक्षण सुरु गरेको हो । ओमिक्रोन खोप परीक्षण सम्बन्धमा फाइजरले पत्रकार सम्मेलनमा आगामी मार्च सम्ममा नतिजा निकाल्ने […]

मेलम्ची नगर अस्पतालमा अक्सिजन प्लान्ट स्थापना, दैनिक ४८ सिलिन्डर भर्न…

मेलम्ची – मेलम्चीमा अक्सिजन प्लान्ट स्थापना गरिएको छ । मेलम्चीको नगर अस्पतालमा मेलम्ची नगरपालिका, संसद् विकास कोष, ह्योल्मो सिन्धु मेलम्ची सामाजिक उत्थान कार्यक्रम सञ्चालन समिति लगायतको सहयोगमा जडान गरिएको ४८ सिलिन्डर क्षमता प्लान्टबाट अक्सिजन उत्पादन शुरू भएको छ । मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले दैनिक ४८ सिलिन्डर भर्न सकिने क्षमताको प्लान्ट जडान भएपछि अब मेलम्ची […]

सिन्धुपाल्चोकका सबै बालबालिकालाई माघ ९-११ मा माेर्डना खाेप लगाइने

चाैतारा । सिन्धुपाल्चोकका बालबालिकाले काेभिडकाे दाेस्राे डाेजकाे खाेप पाउने भएका छन् । जिल्लाका १२- १७ वर्षका बालबालिकालाई माघ ९ गते देखि ११ गते सम्म माेर्डना खाेपको दोस्रो डोज दिन लागिएकाे हाे। खाेप लगाउन आउँदा खाेप कार्ड अनिवार्य गरिएको हाे।                   

महामारीमा सञ्चालित निजी विद्यालयलाई कारबाहीको चेतावनी

काठमाडौँ- काठमाडौँ महानगरपालिकाकाले महामारी तीव्ररूपमा बढिरहेका बेला केही निजी विद्यालय सञ्चालन भइरहेको भन्दै कारबाही गर्ने चेतावनी दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयविपरीत महानगरपालिकाका केही निजी विद्यालय सञ्चालन भइरहेका छन् । कोरोना भाइरसको तेस्रो लहर तीव्ररूपमा बढिरहेको भन्दै सरकारले गत पुस २७ गतेदेखि सबै विद्यालय भौतिक उपस्तिथिमा सञ्चालन नगरी वैकल्पिक माध्ययमबाट सञ्चालन गर्न निर्देशन […]

मेलम्ची नगर अस्पतालको उद्घाटन : ट्रमा सेन्टर र प्रसुती सेवाको…

मेलम्ची- मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रलाई मेलम्ची नगर अस्पतालमा स्तरोन्नती गरिएको छ । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले आज थप सेवा सुविधा सहितको मेलम्ची नगर अस्पतालको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा मन्त्री लामाले नगर अस्पताललाई प्रादेशीक अस्तपतालको रुपमा विकास गर्न आफुुले पहलगर्ने बताउनुभयो । उहाँले यस अस्पतालमा मेलम्चीका मात्र नभएर अन्य पालिकाका नागरिकले पनि सेवा […]

धेरै रुचाईएको
error: Content is protected !!