बाह्रविसे । बाह्रविसे नगरपालिकाको जम्बु क्षेत्रमा बाढि र पहिरोबाट प्रभावितहरुलाई उद्धार टोलि लिएर आउने सवारी चालकलाई कोरोना संक्रमण देखिएको छ । प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले चालकमा संक्रमण देखिएको जानकारी आएकाले उद्धारमा खटिने सुरक्षा निकायका ब्यक्तीहरुको नमुना संकलन गरी पिसिआर विधिबाट परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडामा स्वाव पठाउनु तयारी भएको जानकारी दिए […]
चौतारा । सिन्धुपाल्चोकका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाह्रबिसे नगरपालिका ८, मानेश्वाराका ८६ वर्षीय एक पुरुष र पाँचपोखरी गाउँपालिका ६ निवासी ४५ बर्षीय पुरुषसहित दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु दुवैजनाको असार २२ गते पाटन अस्पतालका कोराना पुष्टि भएको हो । यो सँगैं सिन्धुपाल्चोकमा कोरोना संक्रमितको संख्या ५२ […]
चौतारा । पर्पल फाउण्डेशसनको सहयोगमा ग्रामीण महिला सिर्जनशील परिवारले जिल्लाका क्वारेन्टाइन र आइसोलेसनमा बसेका महिलाहरुलाई डिग्निटि किटको पर्पल झोला वितरण गरेको छ । सिर्जनशीलले सिर्जनशील परिवारको कार्यालयमा रहेको क्षेत्रीय क्वारेन्टाइनमा ३० झोला र मेलम्ची नगरपालिकामा रहेको क्षेत्रीय क्वारेन्टाइन र आइसोलेसनमा रहेका महिलाहरुलाई थप ३० झोला गरी ६० झोला पर्पल झोला वितरण गरेको छ । आज […]
चौतारा । सिन्धुपाल्चोकमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ । यसअघि कारागारमा एकजना वृद्धलाई कोरोना देखिएपछि ४० जनाको स्वाब संकलन गरिएको थियो । जसमध्ये एकजनामा कोरोना संक्रमण देखिएको हो । जिल्ला कारागारमा कार्यरत कार्यालय सहयोगी ५७ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । उनमा कोरोना पोजेटिभ देखिएको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ । […]
चौतारा । सिन्धुपाल्चोकमा ११ महिनाको शिशुसहित थप १२ जनामा कोरोना संक्रमण भएको छ । पाँच महिला र सात पुरुषमा आज संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईले जानकारी दिए । उनीहरुमध्ये पाँचपोखरी थाङपालधाप गाउँपालिकाका ११ जना, इन्द्रावतीका एक जना गरी १२ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित हुनेमा खपाँचपोखरी वडा नम्बर ८ […]
चौतारा । पेट सिजरिङ (चिर्दाचिर्दै) गर्दागर्दै ७ टाका लगाएर हेलिकोप्टरबाट उद्धार गरिएकी सिन्धुपाल्चोककी गर्भवतीको काठमाडौंको हेम्स अस्पतालमा शुक्रबार सांझ शल्यक्रिया गरेर ३.८ किलोग्रामको बच्चा निकालिएको छ । खाडिचौरस्थित सदाबहार अस्पतालका डाक्टरले शल्यक्रिया गर्न खोज्दा पाठेघर र पिसावथैली जोडिएको भेटिएपछि उनलाई हेलिकोप्टरबाट राजधानी लगिएको थियो । हामीले सिजरिङ शुरु गरेपछि पाठेघर र पिसावथैली जोडिएको अवस्थामा भेटिएको […]
चौतारा । पाँचपोखरी थाङपालधापका एक युवामा कोरोना संक्रमण देखिएको छ । वडा नम्बर ३ का २५ वर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य प्रमुख दुर्गादत्त चापागाईले जानकारी दिए । भारतबाट असार १० गते आएका उनी क्षेत्रपाल माविको तिपेनीस्थित क्वारेन्टाइनमा बसेका थिए । स्वाब संकलन गरी परीक्षणका लागि टेकु प्रयोगशाला पठाइएकोमा उनको रिपोर्ट आज पोजेटिभ […]
चौतारा । सिन्धुपाल्चोकमा २० जना कोरोना संक्रमित कोरोनालाई जितेर घर फर्केका छन् । जिल्ला प्रशासन कार्यलयले आज जारी गरेको पछिल्लो तथ्याकं अनुसार सिन्धुपाल्चोकका २० जना संक्रमितहरु निको भएर घर फर्केका छन् । इन्द्रावतीका दुई पुरुष, चौतारा साँगाचोकगढीका एक पुरुष, जुगलकी एक महिला, पाँचपोखरीका दुई महिला र नौ पुरुष, मेलम्चीका तीन महिला, हेलम्बुका दुई महिला गरि […]
चौतारा । इन्द्रावतीमा ११ महिनाको बालिकासहित तीन जनामा कोरोना संक्रमण देखिएको छ । इन्द्रावती गाउँपालिका १२ का ११ महिनाको बालिकासहित २६ र २३ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईले पुष्टि गरे । उनीहहरुमध्ये दुई पुरुष स्याङजाबाट आएका थिए भने बालिका भारतबाट आएकी हुन् । दुई जना पुरुष असार ७ गते स्याङजाबाट […]