बुधबार, असोज ६, २०७८

कला


भक्तपुरको मुःपात्र जात्रा सुरुः यस्तो छ परम्परा

भक्तपुरको मुःपात्र जात्रा सुरुः यस्तो छ परम्परा

असोज ६, भक्तपुर । इन्द्रजात्राका अवसरमा मनाइने भक्तपुरको मुपात्र जात्रा आज सुरु हुंदैछ । विभिन्न धार्मिक ग्रन्थका आधारमा तयार पारिएको मुपात्र जात्रा भक्तपुरमा आश्विन कृष्ण द्वितीयादेखि चौथी सम्म तीन दिन मनाइन्छ । जात्रामा मुपात्र प्रमुख र धिःचा नामक अन्य दुई सहायकसहित तीन जनालाई राक्षसको पोशाक लगाई अनुहारमा विभिन्न रङले शृङ्गारपटारका साथ तरबार समात्न लगाई नगर […]

सुन्ने सुनाउने शृंखला शब्द सारथि भोलिबाट फेरि सञ्चालनमा

चौतारा । सिन्धुपाल्चोकबाट सञ्चालित साहित्यिक रचना सुन्ने सुनाउने शृंखला फेरि सूचारु हुने भएको छ । कोरोना महामारीका क्रममा रोकिएको शृंखला असोज १ (शुक्रबार)बाट फेरि सञ्चालन गरिन लागिएको हो । साहित्यलाई प्रबद्र्धन गर्ने र नयाँ स्रष्टालाई प्रतिभा प्रस्फुटन गर्न थलो प्रदान गर्ने उद्देश्यले शब्द सारथिको सुरुआत गरिएको थियो । ९५ शृंखलासम्म चलेको शृंखला भोलिबाट फेरि सञ्चालन […]

एउटा यस्तो प्रेम कहानी’ चलचित्रको निर्माण पक्षले भन्योः निशुल्क चलाउनुहोस्…

काठमाडौं । नेपाली कथानक चलचत्रि ‘एउटा यस्तो प्रेम कहानी’ निर्माण टिमले चलचित्रलाई निशुल्कमा चलाउन हल सञ्चालकलाई आग्रह गरेको छ । कोरोना भाइरस संक्रमणका कारण थलिएको नेपाली सिने क्षेत्रलाई चलायमान बनाउन गत बर्ष माघ १ गते अल नेपाल रिजिल भएको चलचित्र एउटा यस्तो प्रेम कहानी निशुल्क सञ्चालन गर्न आग्रह गरिएको निर्माण तथा अभिनेता शिव श्रेष्ठले बताउनुभयो […]

ननिभ्ने आगो (कविता)

नवराज रायमाझी आँखाबाट निकालेर सगोल चित्र मुखबाट निकालेर समानताको धुन दिमागबाट निकालेर चेतना घनघोर बर्षिएका हुन् कलमबाट विभेदकारी संरचना भत्काउने विचारहरू विचारहरूमा भरेर आत्मा बस्ती-बस्तीबाट जुर्मुराएको हो, एकताको मुठ्ठी। छाडेर नाम्लो र डोको असह्य भएपछि हिडेको हो, मुक्तिमोर्चाको लाइनमा दृढता साथ मुक्तिको बाटो, आफ्नो मृत्यु आफैं लेखेर निधारमा निस्कनु अघि.. संगालेर बा’का ऋणका तमसुकहरू निस्किएको […]

अमृत र रामकुमारको ‘के छ खबर’ (भिडियो)

काठमाण्डौं । सिन्धुपाल्चोकस्थित इन्द्रावती गाउँपालिका–२ का सर्जक अमृत भारतीको स्वरमा रहेको नयाँ तीज गीत ‘के छ खबर भन्नेलाई ठिकै छ’ बजारमा आएको छ । चर्चित गायक रामकुमार नेपालीसँगै आशा केृसी र सपना सुनामको स्वरले सजिएको नयाँ गीत सार्वजनिक भएको हो । गायक तथा सर्जक अमृत भारतीले हिन्दु नारिहरुको महान चार्ड हरितालिका तिज लाई लक्षित गर्दै […]

कवि घिमिरे सम्मानित

काठमाण्डौं । सञ्चारकर्मी, कलाकार एवं कवि अमित घिमिरे सम्मानित भएका छन् । साहित्यिक पत्रिका संसाकको नवौं बार्षिकोत्सवको अवसरमा घिमिरेसहित ६ स्रष्टा सम्मानित भएका हुन् । घिमिरेलाई संसाक भद्रकुमारी केसी मुक्तक÷हाइकु सम्मानबाट सम्मानित गरिएको हो । उनीसहित रञ्जुश्री पराजुली, अरुणबहादुर खत्री ‘नदी’, रेणु थापा ‘मौनता’, देवेन्द्रराज शाक्य र मेनुका चापागाईं सम्मानित भए । पराजुलीलाई संसाक यात्री […]

यस्तो भयो चौतारामा गाईजात्रा (भिडियो खबर)

चौतारा । विगत ४३ वर्षदेखि जिल्ला सदरमुकाम चौताराको पुरानोबजारस्थित कृष्णमन्दिरको भित्तामा व्यँग्यले राम्रै स्थान पाउँदै आएको छ । हरेक वर्ष गाईजात्राको अवसरमा ठूला–ठूला पेपरमा मार्करपेनले स्थानीय राजनीतिक, सामाजिक, सांस्कृतिक र प्रशासनिक विकृति र विसङ्गतिविरुद्धका सामग्रीहरु व्यँग्यात्मक रुपमा लेखिएर भित्ता टाँस्ने गरिन्छ । यस्ता सामाग्रीहरु हेर्न र पढ्न बालकदेखि वृद्धसम्मको घँुइचो नै लाग्ने गर्दछ । स्थानीय […]

साढे चार दसकदेखि भित्तामा गाईजात्रा

चौतारा । सामाजिक, राजनीतिक पात्र र प्रवृत्तिविरुद्ध अभिनय, गीत, संवादबाट व्यँग्य गर्ने प्रचलन बढी पाइन्छ । पछिल्लो समय पत्रपत्रिका र सामाजिक सञ्जालमार्फत् पनि व्यँग्य गर्ने प्रचलन बढ्दै गएको छ । तर, सिन्ध्ुपाल्चोकको सवालमा भने भित्तेपत्रिका नै व्यँग्यको गतिलो माध्यम बन्दै आएको छ । झण्डै साढे चार दसकदेखि जिल्ला सदरमुकाम चौताराको पुरानोबजारस्थित कृष्णमन्दिरको भित्तामा व्यँग्यले राम्रै […]

शीलु र सुरेशको हजारौमा तिमीलाई (भिडियोसहित)

काठमाण्डौं । गायिका शीलु अधिकारी र गायक सुरेश लामाको हजारौंमा तिमीर्र्ला बोलको गीत सार्वजनिक भएको छ । बी बी थापा इन्टरटेन्मेन्टको अफिसियल यूट्यूब च्यानलमार्फत बिहिबार सो गीत सार्वजनिक गरिएको हो । बी बी थापाको शब्दमा संगीतकार मनोज चौलागाईंको संगीत सिर्जना एवं संगीत संयोजन रहेको छ । गीतको भिडियोमा रविन शाह र पूर्णिमा मगरले अभिनय गरेका […]

धेरै रुचाईएको
error: Content is protected !!