गृहपृष्ठ ∕ ब्लग / विचार ∕ म र मेरो कविता – कमल भण्डारी म र मेरो कविता – कमल भण्डारी सिन्धु खबर कात्तिक ६, २०७७ गते २०:४७ मा प्रकाशित कविता, जसमा पोखिन्छन् भावनाहरू, लत्पतिन्छन् कल्पनाहरू, रंगिन्छन् सपनाहरु भुम्छन् तरङ्गहरू अनि छचल्किन्छन् मनहरू गीत हो कविता, प्रीत, हित, रीत अनि विहानीको शीत हो कविता, वेदना, छटपटी, मस्ती, उत्तेजना अनि हुन्डरीको संवेग हो कविता चेतनाको आलोक हो कविता विद्रोहको राँको हो कविता अन्याय, अत्याचार र विकृति विरुद्धको झाँको हो कविता जीवन त फगत एउटा रहेछ रमिता, रोजाइ, हन्डर, ठक्करको समष्टि हो कविता प्रकृति, समाज, वस्तु, धर्म, अनि जेलिएका सब जालहरू बनेका बनाइएका सब तालहरू भोगेका भोगाइएका सब पलहरू छोडिएका छुटाइएका साथहरू जोडिएका जुटाइएका भाग्यहरू लेखिएका, देखिएका, दबिएका, जागेका, प्रस्फुटित भावहरू पोखिन्छन् मेरा कवितामा कविता छुन खोज्छ यो मन, कविता हुन खोज्छ यो मन, बिताउन चाहन्छ पलहरू कविता संगै, रमाउन चाहन्छ, पोख्न चाहन्छ, लुटपुटिंदै, धुमिलिंदै, बग्दै, बगाउँदै, ठौक्दै, ठोकाउँदै, कविता भोग्न चाहन्छ यो मन, नश्वर शरीर सिद्धियोस्, कविता मै हराई संसार डुबुल्की मारी सिद्धिन चाहन्छ यो मन । क्याटेगोरी : ब्लग / विचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जुरे प्रसंगः स्थानीय सरकार आन्दोलन गर्न कि न्याय दिन विपन्न उत्थानका लागि समाजवाद उन्मुख कार्यक्रम तयारी ह्वील लक कोरोनाको ‘फायर बल’बाट निस्केर पाँच पोखरी पुग्दा धेरै पढिएका १खुकुरी हान्ने बाह्रबिसेका ४ जना पक्राउ २क्रसरका संञ्चालकले मार्ने योजना बनाएको भन्दै वडाध्यक्षले सुरक्षाकर्मी गुहारे ३मोटरसाइकलसहित लिसंखु र तौथलीका दुई चोर पक्राउ ४सामुहिक बलात्कारमा संलग्न जुगलका कैलाश पक्राउ ५काँग्रेस क्षेत्रीय सचिव वासुमाथि सांघातिक आक्रमण ६यो समीकरणले देखाउँछ–सिन्धुपाल्चोकमा नेकपा प्रचण्ड–नेपाल समूह बलियो ७चाेरीका माेटरसाईकल नियन्त्रणमा सिन्धु प्रहरीकाे सक्रियता ८उपप्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कालाे झण्डा देखाईयाे