बुधबार, असोज १७, २०८०
गृहपृष्ठविचार/अन्तरवार्तामेरो लकडाउन डायरी!

मेरो लकडाउन डायरी!


सलिना खनाल

वि सं २०७६ साल चैत्र ६ गतेबाट संचालन हुन गईरहेको कक्षा १० को माध्यामिक शिक्षा परिक्षा (एसइई) महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण स्थगित भएको कुरा त हामिलाई अवगत नै छ। हामि यस सिन्धुपाल्चोक जिल्ला अन्तर्गत रहेको पाँचपोखरी थाङ्गपाल गाउँपालिकाको श्री थाङ्गपालधाप माध्यामिक विद्यालयमा अध्ययनरत थियौँ। यस माध्यामिक शिक्षा परिक्षा (एसइई) को लागि पूर्ण तयारिका साथ हामी हाम्रो परिक्षा केन्द्र श्री इन्द्रेश्वरी माध्यामिक विद्यालयमा परिक्षा दिन भनेर चैत्र ४ गते गएका थियौँ ।

राम्रो तयारी तथा खुसीका साथ आफ्नो भविष्य बनाउने तर्फ लागेका हामी विद्यार्थीहरु एसइई परिक्षा दिन सक्षम थियौँ। धेरै मेहनतका साथले तयारी गरिरहेका हामी एक्कासी चैत्र ५ गते बेलुका विश्व भरिने महामारीको रुप लिईरहेको कोरोना भाइरसका कारण परिक्षा केहि समयका लागि स्थगित हुने छ भन्ने निर्णयबाट हामीलाई निक्कै नै निरास तुल्यायो। हामीले त्यति धेरै मेहनतका साथ् तयारी गरिरहेको हुँदा परीक्षा नहुने भन्ने निर्णयले निराशा जगायो। यसरी महामारीको रुप लिईरहेको कोरोना भाइरसका कारण हाम्रो देश विगत केही महिना देखि लकडाउनमा रहेको छ। लकडाउन हुँदा मेरो आफ्नो अनुभवहरु भन्दा मैले निक्कै समस्याहरु झेल्न पर्यो। बन्दाबन्दीमा मैले आफ्नो पढाईलाई स्तरीय बनाउन भने सकिरहेको थिइन। कहिले परीक्षा हुने त कहिले नहुने भन्ने जस्ता निर्णयहरुले मलाई बडो अन्यौलमा पारेको थियो। यस्तो अवस्थामा अनलाइन कक्षा संचालन भईरहदापनि इन्टरनेटको अभावका कारण पठन पाठनमा भने असहज नै भईरहेको थियो। यस्तो समयमा पढाइ लेखाइमा ध्यान दिन सकिरहेको थिइन। विभिन्न समस्याहरु झेल्दै र सामना गर्दै बन्दाबन्दीमा जीवन बितिरहेको थियो।

एसइई परीक्षा पछिको मेरो योजना भन्नु पर्दा मेरो क्षमता अनुसार अर्थात खासमा भन्नु पर्दा कतिपय अवस्थाहरु रुचि मात्र भएर नहुँदो रहेछ। त्यसलाई आर्थिक क्षमताले पनि प्रभाव पार्ने रहेछ। यस्तो अवस्था पनि सृजना हुँदो रहेछ कि क्षमता नहुँदा रुचिलाई दबाएर बस्नु पर्ने हुँदो रहेछ। म पनि एउटा सामान्य घरपरिवारमा हुर्किएकी केटी हुँ । त्यसैले केही मात्रामा भएतापनि यस्ता कुरा नजिकैबाट पहिल्याएको छु। एसइई परीक्षा पछि म कम्प्युटर साइन्स पढी यस विषयमा ज्ञान हाँसिल गर्न चाहन्छु। मलाई लाग्छ मैले यस क्षेत्रमा राम्रो गर्न सक्छु। सबैको आआफ्नो रुचि तथा लक्ष्य हुन्छ। कतिपयको इच्छा आंकाक्षा पुरा होला तर कतिको केहि ठाउँमा सिमित हुन्छ। पुरा कुरा नबुझी जुन मन लाग्यो त्यहि विषय लिने अनि पछि गएर बिचमा नै पढाइ छोड्ने गरेको पनि देखेको छु। त्यसैले म पनि कम्प्युटर साइन्स सम्बन्धि पहिले नै बुझ्न चाहन्छु। हरेक परिस्थितिलाइ ध्यानमा राखी पढाइमा निरन्तरता दिनेछु। सारा विषय सम्बन्धि आवश्यक ज्ञान हासिल गर्ने मेरो योजना थियो।

यसरि बन्दाबन्दीमा विभिन्न समस्याहरु झेल्न पर्यो। एक तर्फ लकडाउन हुनु भनेको हाम्रो स्वास्थ्य अवस्थामा असर नपरोस भन्नको लागि नै हो। तर पनि यस लकडाउनमा हामी विद्यार्थीहरुको जीवन अन्यौलमा परेको छ। लकडाउन हुँदा मैले पनि केही समस्याको सामना गर्न पर्यो । अनलाइन मार्फत पढाइ हुँदा पनि इन्टरनेटको असुविधाको कारण पठनपाठनमा असहज भएको थियो। टेलिभिजन मार्फत पनि पढाई भईरहेको थियो। तर हामीले कति कुराहरु बुझेको हुँदैन थियौँ । त्यस्तो अवस्थामा पढाईको स्तर बढाउन हामीलाई गाह्रो थियो। कहिले परिक्षा हुने र कहिले परिक्षा नहुने या फेरी कहिले आन्तरिक मुल्याङ्कनबाट नतिजा प्रकाशित गर्ने भन्ने विषयमा कुरा हुँदा हामी अन्यौलमा परेका थियौँ। हामीहरुको मन के अब परिक्षा हुँदैन ? अब कसरी हाम्रो नतिजा तयार हुन्छ त ? यदि परिक्षा भईहाल्यो भने ? भने जस्ता प्रश्नहरुले घेरिएका थिए । यस्तो अवस्थामा पढ्न सक्ने मनस्थिति थिएन। विभिन्न निर्णयहरु हुँदा हामी कसरी पढाईलाई ध्यान दिन सक्थ्यौं र ? बन्दाबन्दीमा पढाईको लागि आवश्यक सामाग्रीहरु उपलब्ध हुन सकिरहेको थिएन। आवश्यक सामाग्रीहरु नहुँदा पठनपाठनमा असहज थियो । इन्टरनेटको तथा विभिन्न सामाग्रीहरु उपलब्ध नहुँदा पढाइमा असहज थियो।

लकडाउन हुँदा आफुमा केहि नयाँ परिवर्तन पनि आएको अनुभव गरेको छु। यस लकडाउनको दौरान मैले नयाँ पुस्तकको खोजी गर्ने, नयाँ विषय जान्न खोज्ने, नयाँ ज्ञानको विकास भएको तथा आफुमा नयाँ परिवर्तन आएको अनुभव गरेको छु। घरमा बसिरहँदा नयाँ नयाँ विषयमा ज्ञान हासिल गर्ने जिज्ञासा पनि जाग्थ्यो। म पहिले बाहिरि ज्ञानमा त्यति धेरै चासो देखाउँदिन थिँए। किताब भित्र मात्र सिमित हुन्थे। एउटा किताब भित्र मात्रै सिमित हुन्थेँ तर मैले कितावका ज्ञान सँगसँगै बाहिरि ज्ञान पनि सिक्ने, जान्ने र बुझ्ने मौका पाए। लकडाउनको समयमा कति कुराहरु सुधार्ने मौका पनि पाएँ। सानो सानो गल्तिलाइ पनि सुधार्ने मौका पाए जुन कुरा हाम्रो दैनिक जीवनमा लागु हुन्छ। यो फुर्सदको समयलाई मैले आफुलाई निखार्ने मौका पाए।

हेलम्बु एजुकेशन एण्ड लिभ्लिहुड पार्टनरसिप (हेल्प) ले गरेको निबन्ध प्रतियोगितामा समावेश उत्कृष्ठ पाँच मध्येको निबन्ध


क्याटेगोरी : विचार/अन्तरवार्ता
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!