शनिबार, असोज ६, २०८०
गृहपृष्ठविचार/अन्तरवार्ताम महिला रिपोर्टर: अनुभव, प्रश्न र समाज

म महिला रिपोर्टर: अनुभव, प्रश्न र समाज


कमला पाख्रिन
कोराना भाइरस (कोभिड–१९) संक्रमण प्रकृतिक विपतीले देशलाई एउटा भयावह अवस्थामा पुर्याइदिएको छ । चीनको वुहानबाट फैलिएको भाइरस संक्रमण र डुबान र बाढीपहिरोले धेरैलाई खोसेसँगै देशलाई ठुलो संकट चुनौतीको रुपमा उभ्याइसकेको छ । भने देशका पाहाडी जिल्लामा बाढी पहिरो र तराई डुवानमा परिरहदाँ सबैतिर त्रास मच्चिरहेनि बाबजुद केही सामाजिक पक्ष महत्वपूर्ण रुपमा आफ्नो कर्तव्यलाई निभाइरहेको दृष्ट्रोगोचर हुन्छ । कुनै योद्धाझै उनीहरु आफ्नो काममा तल्लिन देखिन्छन् ।

स्वास्थ्यकमी,सुरक्षाकर्मी ,जनप्रतिनिधि र सञ्चारकर्मी । अंग्रपक्तिमा उच्च जोखिम मोलेर काम गरिरहेका दुई पक्षलाई नमन् गर्नैपर्छ । उपचार, परीक्षणमा कस्सिरहेका स्वाथ्यकर्मी र चेकजाचमा तल्लिन सुरक्षाकर्मी । यो पक्षको सदभाव मानेर सडकदेखि प्रकृतिले निम्त्याएको विपती गाउँसम्म पुगिरहेको छ । कयौ स्वास्थ्यकर्मी र सुरक्षाकर्मी घुलिएर लागिरहेकाले सबैभन्दा जोखिममा उनीहरुनै देखिन्छन् । उनीहरुको यो महत्वपूर्ण भुमिकालाई कदमपूर्ण भावले हेर्नैपर्छ,अन्यथा अन्याय हुनेछ ।

त्यसपछि मात्रै आउँछन् नेतृत्वमा रातदिन नभनी कुदिरहेका जनप्रतिनिधि र संञ्चारकर्मी । यी पक्षको काम कदरयोग्य क्रिया पनि कम छैन् । केहीबाहेक प्राय जनप्रतिनिधि नेतृत्व पक्षमा बसेर सम्पूर्ण जिम्मेवारी लिएर निभाउनमा व्यस्त देखिन्छन् । ज्यानलाई हत्केलामा राखेर सूचना संञ्चारमाध्यमबाट सबैलाई दिने काममा कुदिरहेको संञ्चारकर्मीको कर्तव्यनिष्ठतामा शंका गर्ने ठाउँ छैन् । ‘यस्तो बेला किन पत्रकारिता गर्छस् त सुचना नभएपनि बाच्छौ’, भन्नेलाई यो कर्तव्यबोधले उत्तर दिन सक्दैन् ।

केही आफ्नो कुरा
सरकारले चैत्र १० गतेबाट गरेको लकडाउन सुरु गरेपछि जिल्ला आक्रान्त छ । बर्र्षा लागेसंगै बाह्रविसे र भोटेकोशीमा बाढीले धन जनको क्षति भइरहदा कठिनाइ मोलेर रिपोटिङ गर्दै आएको छु । कान्तिपुर टिभीमा सिन्धुपाल्चोकको संवाददाता भएर काम गर्नु मेरो लागि यो अवसरजस्तै बनेको छ ।

संञ्चारक्षेत्रमा भएका अनेक आयम छन् । जसमा साधारणतया पेशा जिम्मेवारी,सक्रियता र विश्वसनीयताको प्रतीक रुपमा बुझ्ने गरिन्छ । २०७१ जुरेपहिरो, २०७२ सालको भुकम्प, ०७३ को भोटेकोशी बाढीदेखि आहिले ०७७ कोरोना, हालको विपत्तीसम्म आउ“दा केही नौलो अनुभव संगालिएको अनुभव हुन्छ ।

आजभोलि मेरो रिपोर्टिङ गर्ने शैली र यात्रा एकदमै फेरिएको छ । लकडाउन अघि यात्रुबसमा चलेको रिपोर्टिङ कोभिड १९ ले एकदमै पृथक बनाइदिएको छ । सायद कसैले कल्पना नगरेको भाइरसले विश्वलाई चिन्तित बनाएको छ । लकडाउनपछि सबै रिपोर्टिङ साथीहरुको साहारामा चलिरहेको छ । कहिले प्रहरी, कहिले चिनजानकै साथी त कहिले सहकर्मीहरुसँग सुचना आदानप्रदान गरेर स्थलगत पुगेको अनभुव गर्छु । जनताको समस्या, पीडा, खुशी र खासगरी कोरोना भाइरस जस्तो महामारी र बाढीमा भएको मानाविय र भौतिक क्षतिबारे नागारिकलाई सुसुचित गर्न क्यामरा र कलम चलाइरहेकी छु । सिन्धुपाल्चोक जिल्लाको भौगोलिक विकटताका कारण पत्रकारीता गर्न निकै कठिन छ ।

कच्ची र हिलो बाटो, यातयातको असुविधा, समाजको पितृसत्तात्मक सोचले कहिले कहिले पत्रकारीता गर्ने मेरो जोस जाँगर मर्दै जान्छ । यो लकडाउनको समयमा सवारी साधनहरु सञ्चालन नहुदाँ पुर्व तातोपानीदेखि पश्चिम हेलम्बुसम्म एकै दिन आउजाउ गरि रिपोटिङ गर्न निकै कठिन छ । दैनिकी रिपोर्टिङ छैन् ।

बेला बखात रिपोर्टिङमा निस्कदा एकै दिन कसरी आउ जाउ गर्न मुस्किल छ । पानीमा घण्टौ पैदल, पसलहरु खुल्ला नहुँदा भोकै पनि हिड्नुपर्छ । यी थुप्रै समस्याका बीच एकै दिन आउजाउका लागि मेरो रिपोर्टिङ पुरुष सहकर्मीहरुसँग यात्रा व्यहोरेको छु ।

रिपोर्टिङमा निस्केको क्षण सम्झेर कहिलेकाही आफैलाई पृथ्वीको होइनकी जस्तो अनुभुती हुन्छ । कुनै पुरुष सहकर्मीको बाइकमा चढेर यात्रा गर्दा मान्छे चकित पाराले हेर्छन् । तिमी चढेको बाइकको मान्छे तिम्रो को पर्छ भनेर सोध्छन् । २१ औ शताब्दीमा पनि नेपाली समाजले महिला र पुरुषको सहकार्यलाई स्विकार गर्न सकेको छैन् ।

समाजले हेर्ने दृष्टिकोण र केही सहकर्मीहरुले समेत महिला पत्रकार कमजोर हुन्छ जस्ता अभिव्यक्ति दिँदा यो शताब्दीमा पनि मान्छेको सोचमा सकरात्मक परिवर्तन आएको छैन् जस्तो लाग्छ । अझैपनि पितृसत्तात्मक सोच कायमै छ ।

जिल्लामा पुरुष पत्रकारको तुलनामा महिला पत्रकार निकै कम टिकेका छन् । त्यसमा पनि फिल्डमा काम गर्ने महिला पत्रकार एक दुई जनामात्रै छन् । यो सञ्चार जगतमा रहेका धेरै जसो महिला साथीहरु रेडियो स्टेशन भित्रै कार्यरत छन् । यो महामारी र प्रकुतिक विपतीमा थुप्रै पुरुष पत्रकारको भिडमा स्थलगत रिपोर्टिङमा महिला पत्रकार म एक्ली छु । त्यसैले फिल्डमा हिड्ने महिला साथी कोही पनि हुन्नन् । जसकारण पुरुष साथीहरुसंग सहकार्य गरेर हिड्न बाध्य हुन्छु ।

आजित जिवन
रिपोटिङमा जाँदा देख्नेहरु अचम्मीत भएर हेर्छन् । फर्किदा ‘को केटा हो त्यो ?’ जस्ता प्रश्न तेर्सिन्छ । ‘केटी मान्छे हो लैजा ’भनेपछि ‘जो कोही केटाले लैहाल्छनी’ केटा साथीहरुसंगै बसेर सिसाको गिलासमा कालो चिया पिउदा रक्सी पिएको जस्ता मानिसका केही प्रश्नले आजित हुन्छु म । फिल्डबाट डेरातर्फ फर्किदा कहिलेकाही राती अबेर हुन्छ , भोक्कै हुन्छु । वर्षात र हावाहुरीदेखि जिवनको अनेक अभाव भोगिसकेकी म यस्तो घटनाले धरमराउन पुग्छ, फेरि सम्हालिन्छु ।

मेरो भोगाइ र क्षमताको मुल्याङकन गर्न नसक्ने यो समाजले म पुरुषसँग हिडेको मुल्यांङकन गर्न कुनै कसर नराखेको देख्छु । आजको युगसम्म आइपुग्दा पनि नेपाली समाज पुरानै पितृसत्तात्मक सोचको अधिनमा छटपटाइरहेको छ । महिला जतिसुकै उचाईको ओहदामा पुगेपनि व्यक्तित्वलाई हेर्ने दुष्टिकोणमा खासै परिबर्तन आएको छैन् । जति सुकै अनुभवी र क्षमतावान भए पनि मेरो क्षमतालाई बेमतलब गर्ने नेपाली समाजले लिंगमा किन यति धेरै तुलना गर्छ ?

यस्ता अनेकन गम्भिर प्रश्न म भित्र चलिरहन्छन् । जसको उत्तर म स्वयं पाउन सक्दिन् । विभिन्न सभा, समारोहमा महिला पुरुष समानताको नारा घन्किन्छ, पुरुष सरह महिला पनि सक्षम छन् भनेर बहस गरेको देख्छु । जब म पूरुष सरह काम गर्न आफैं फिल्डमा हुन्छ , पुरुष सहकर्मीसँग सँगसँगैं कुम जोडेर काममा हरेक अप्ठ्यारासँग जुध्छु र पनि मानिसमा सामाजिक कुसोचको पैदा किन हुन्छ ?

यो अप्ठ्यारो घडीमा मलाई सकारात्मक उप्रेरणा दिन नसक्ने यो समाजले कुन महिलाको उच्च कर्मलाई पो न्यायपूर्ण आँखले हेर्न सक्ला र ? मैले आशा गर्न ।

काँचको चुरा र छोरीचेली
सामाजिक कहानी सुन्न पाइन्छ कि ‘छोरीचेली काँचका चुरा हुन् ’ । छोरीचेली काँच जस्तै संमबेदानशिल हुन्छ रे । तर, म यसलाई शब्दरुपी कहानी मात्रै मान्छु । यो कुनै शाश्वत कहानी होइन्, कुनै सामुहिक गिरोहले बनाएको सामाजिक शब्दरुपी आख्यान, नियमन जस्तै हो । त्यसैले विणाधारी सरस्वती हुन्, या मन्त्रदाता गायत्री वा तारा, या प्रेम ईश्वरी राधा वा सुफी सन्त राबिया ।

बुद्धबोध पाइसकेका गार्गी, मिराबाई, योगमायाजस्ता महान परविभुतीले समाजलाई मानेनन् । परमबोध खोज गरेर उनीहरु क्रान्तिद्रष्टा बने । आज उनीहरुको मुर्ती पुजिन्छ, भजन गाइन्छ, त्यतिखेर नमरुन्जेल लखेटिनथ्यो । जस्तो की आहिले भइरहेको छ । कहाँ छ महिला स्वतन्त्रता र हक अधिकारका कथा ? कहिले बदलिन्छ समाज ?

पुरुष सरह म पनि काम गर्नसक्छु त्यो आत्मविश्वास छ र गर्दै पनि आएकी छु । यस क्षेत्रमा मलाई मनोबल दिन नसक्ने सामाज र केही साथीहरुले मेरो हिम्मत र आँटको मुल्याङकन किन नगरेको होला ? मेरो मनले प्रश्न उठाइ रहन्छ । आखिर कस्ले दियो यो अधिकार ।

एक त चुनौतीपुर्ण कार्य पत्रकारीता, त्यसमा पनि महिला भएर बाहिर निस्किँदा बाहिरी वातावरणमा आफुलाई ढाल्न सकेपनि मान्छेको मानासिकतालाई ढाल्न निकै कठिन रहेछ । तर हिम्मत र मेरो मिडिया हाउसको हौसला रहेसम्म मेरो मनोबल कसैले विथोल्न सक्दैन् । जस्तो सुक्कै कठिनाइ आएपनि ती कठिनाई पार गरि एक दिन लक्ष्यमा अबश्य पुग्छु ।


क्याटेगोरी : विचार/अन्तरवार्ता
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!