Techie IT
Tuesday, July 7,2020 / मंगलबार, असार २३, २०७७
×
गृहपृष्ठब्लग / विचार‘खाने पैसा छैन् छिट्टै उद्धार गरियोस्’

‘खाने पैसा छैन् छिट्टै उद्धार गरियोस्’


शिकारी साइला तामाङ

म १२ वर्षदेखि भारतको दिल्लीमा बस्छु । मेरो घर सिन्धुपाल्चोक जिल्ला पाँचपोखरी थाङपालधाप गाउँपालिका-४ मा पर्छ । यहाँ वरिपरी झन्दै २५, ३० जना जति छौं । भारतभर त कति छन् छन् । हामी सबै सँगै छैनौं । छरिएर बसेका छौं । लकडाउनले होटल दोकान सबै बन्द छ । होटल दोकान बन्द हुँदा दैनिक कमाएर खानेको जीवनस्तर दयनीय छ ।

काम गर्ने ठाउँबाट उनीहरुलाई निकालिसकेका छन् । जति छ त्यो पनि खाइसकेका छन् । काम छैन् । आम्दानी पनि छैन् । लकडाउन कहिले खुल्छ अनिश्चित छ । साथीभाई सापट गरेर पनि खाइराको छन् । यहाँ रहेका धेरै नेपाली घर फर्कन चाहान्छौं । गाउँपालिकामा सम्पर्क गर्यौ आफ्नै खर्चमा आउ । हामी ल्याउन सक्दैनौं भन्छन् ।

कतिपय गाउँपालिकाले नाकासम्म गाडी लिन पठाएका छन् भनेर पनि भन्यौं । मेरो गाउँपालिका अध्यक्ष टासी लामा हुन् । नातामा उनी आफन्त नै पर्छन् । हामी पाँचपोखरी गाउँपालिकाको धेरै छौं । उनीले हामी खर्चेर ल्याउन सक्दैनौं भने । नाकासम्म जेनतेन ऋण गरेर जाउला त्यहाँबाट के गर्ने ?

दिल्लीबाट सुनौली पुग्न ४ हजार लाग्छ । त्यहाँबाट घर आफ्नै खर्चले जान त्यतिकै लाग्छ । धेरैसँग पैसा छैन् । सुखले हैन दुखले यहाँ आउने हो । नेपाली धेरैले दुखैको काम गर्ने हो । ठेलामा दैनिक तरकारी, मम, चाइनिज सामान बेचेर गुजारा चलाउनेको खान नै बन्द भइसकेको छ । केही नेपाली संस्थाले सहयोग नगरेका पनि हैनन् तर कतिलाई कहिलेसम्म गरोस । साध्य छैन् ।

केही बाठा भन्नेले कालापानीको चक्करमा तिमीहरुलाई लखेट्छ पनि भन्छन् । सोझा नेपाली त्यो डरले पनि आतिएका छन् । यहाँका नेपाली जेजस्तो भएनि आफ्नै घर फर्कन चाहान्छन् । त्यसको व्ववस्था होस् । घर फिर्न चाहनेलाई छिट्टो उद्धार गरियोस् ।


क्याटेगोरी : ब्लग / विचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार