बिहीबार, असोज १८, २०८०
गृहपृष्ठविचार/अन्तरवार्ताभारत भन्छ, ‘आफ्नो देश छिर्न आफ्नै सरकारलाई भन, सीमासम्म पुर्याईदिन्छौं’

भारत भन्छ, ‘आफ्नो देश छिर्न आफ्नै सरकारलाई भन, सीमासम्म पुर्याईदिन्छौं’


चेत बहादुर तामाङ, (बाह्रबिसे नगरपालिका -८) हाल गोवा

विश्वभर रहेको कोरोनाले भारतमा महामरीको रुप लिदैछ । भारतको बिभिन्न शहरमा रहेको नेपालीहरूलाई पनि प्रभावित भएका छन् । रोजगारी तथा व्यवसायको खोजिमा भारतमा आएका नेपालीहरु कसरी सुरक्षित बस्ने र कसरी घर फर्कने भन्ने चिन्तामा छन् । लकडाउन लम्बिदा कहिले खुल्ने अनिश्चितताको कारणले गर्दा रोजगारदाताले अब कामदार राख्न नसक्ने र पाल्न पनि नसक्ने बताइसकेका छन् ।

हाल म भारतको गोवा र लादाखमा होटेल व्यवसाय गरिरहेको छु । यहाँको सरकारी निकायहरुले पनि हामी सिमासम्म बस तथा रेलको टिकट मिलाइदिन्छौ, तिमीहरुको सरकारलाई भन भनिरहेका छन् । लगभग ३० हजार नेपालीहरू भारतका बिभिन्न शहरबाट केही दिन भित्रै आउने क्रममा छन् । हालसम्म भारतमा रहेका नेपालीहरु संक्रमित भएको या मृत्यु भएको आधिकारिक जानकारी छैन् ।

तर भारतबाट नेपाल फर्केकाहरुमा कोरोना संक्रमण ज्यादा देखिदाँ यहाँ रहेका नेपालीमा कोरोना छैन भन्न सकिदैंन । यहाँ कोरोना परीक्षणको पहुँच नेपालीमा पुगेको नहुन सक्छ । नेपाली रोजगारदाताहरुकोमा कार्यरत नेपालीहरुलाई अहिलेसम्म खान बस्नको समस्या परेको छैन । घर पुग्ने हुटहुटी छ ।

तर भारतीय रोजगारदाताहरुकोमा कार्यरत मजदुरहरुको समस्याले बिकराल स्थिती लिन लागिसकेको छ । भारतमा कुन कुन शहरमा कति नेपाली काम गर्छन एकिन तथयाकं छैन् । महामारीको प्रकोप बढेसंगै बिभिन्न सम्पर्क समाजका नाममा सक्रिय रहेका नेपालीहरुको समाजले सहयोग गरिरहे पनि त्यो पर्याप्त हुन नसक्ने देखिन्छ ।

साथै भारतमा कार्यरत धेरै नेपालीहरुको चेतनास्तर देखि सजगतामा हुनुपर्ने सुझबुझ पनि कम छ । उनीहरु आत्तिएको र जटिल अवस्थामा छन् । अहिले नै सिमामा धेरै नेपालीहरू नेपाल छिर्नका लागि दबाव दिएर बसिरहेको अबस्थामा पुनः हजारौं थपिए नेपाल सरकारले चाप थेग्न सक्दैन् ।

त्यस्तै सिमा व्यवस्थित नहुंदा अनधिकृत रुपमा छिरेका संक्रमितले पार्न सक्ने प्रभाव भयावह हुने निश्चित छ । उनीहरुलाई न त व्यवस्थित क्वारेन्टाइनमा राख्न सकिन्छ न त सबैलाई सुरक्षित रुपमा क्वारेन्टाइनमा राख्ने क्षमता नै छ ।

मलाई पनि आफन्त र परिवारको चिन्ता र भेट्ने रहर ज्यादै लागेको छ । तर यतिबेला सबै जना संयमित हुनुपर्ने अवस्था छ । एकले अर्कालाई सहयोग गर्ने र स्वस्थ रहनलाइ आवश्यक सुरक्षा अपनाउन जरुरी छ । सबैसँग म यो आग्रह पनि गर्न चाहान्छु, ‘सबै सुरक्षित बसिदिनुस ।’


क्याटेगोरी : विचार/अन्तरवार्ता
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!